पैसाको अभावमा रेल चढेर गएको क्रिकेट टोलि अष्ट्रेलियालाई हराएर ‘प्लेन’मा फर्किदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 06:28:07 PM मा प्रकाशित

laxmi  sunrise bank

जहाज 'प्लेन' टिकेट किन्न नसकेर बस र रेल चढेर प्रतियोगितामा सामेल हुन पुगेको नेपाली नेत्रहिन क्रिकेट टोली फर्कदा जहाज चढेर फर्किने भएको छ। प्रतियोगिता खेल्न राष्ट्रिय खेलकुद परिषदसंगबाट १५ लाख आर्थिक सहयोग नपाएपछी बस र रेल चढेर नेत्रहिन क्रिकेट टोली पाकिस्तान गएको थियो। 

पाली क्रिकेट समर्थक समाज एनसएएसएसले खेलाडीलाई प्लेन टिकट दिलाउने व्यवस्था गरेपछि नेत्रहिन क्रिकेट टोली प्लेनमा फर्कने व्यवस्था मिलेको हो। नेपाली टोलीका लागि आउँदो आइतबार (२१ जनवरी)को टिकट पक्का गरिएको एनसीएसएसका प्रमुख भानु सिग्देलले जानकारी दिएका छन। नेपाली टोलीका लागि फ्लाई दुबई एअरलाइन्सले ३० प्रतिशतसम्म छुट दिएको उनले बताए। 'एनसिएसएसले थालेको अभियानमा ६ लाख रुपैँया जम्मा भइसकेको छ' उनले भने। 

दृष्टिविहीन टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले पहिलोपटक एकदिवसीय ढाँचाको विश्वकप क्रिकेट खेल्ने अवसर पाएको हो। पाँचौँ संस्करणको नेत्रहीन एक दिवसीय क्रिकेट खेल्न नेपाली टोली गत पुस १८ गते बस चढेको थियो । 

प्रतियोगिता आउँदो आइतबार सकिने भएपनि लगातार चार खेल हारेको नेपाली टोलीले समूह चरणबाट नै बाहिरिएको हो। यद्दपी नेपाली टोलिले आफ्नो अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्न सफल भएको छ। नेपालसँग हारेपछि अष्ट्रेलिया पनि प्रतियोगिताबाट बाहिरिएको छ। 

नेपालले अष्ट्रेलियालाई ८ विकेटले हराएको हो। अष्ट्रेलियाले दिएको २ सय ९९ रनको चुनौती मात्र २ विकेट गुमाएरै पूरा गरि नेपालले सान्त्वना जित हात पारेको हो।

सहभागि प्रतियोगितामा नेपाल र अष्ट्रेलिया समूह चरणबाट बाहिरिँदा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश नेत्रहीन विश्वकपको सेमिफाइन पुगेका छन।  


    


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved