नयाँ बर्षमा आयो नेपाली फुटबल प्रेमीलाई खुसीको खबर, फिफा बरियतामा नेपालको छलांङ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 01:07:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१८  को  पहिलो फिफा बरियता सार्बजनिक गरेको छ । आज बिहिबार सार्बजनिक भएको जनवरी महिनाको नयाँ बरियतामा नेपाल ६ स्थान माथि उक्लदै १ सय ६५ औ स्थानमा पुगेको छ ।  गत महिना नेपालको बरियता १ सय ७१ थियो । गत महिना नेपालको अंक १०२ रहेकोमा यस महिना नेपालको अंक ११५  भएको छ  । 

 दक्षिण एसियामा सबै भन्दा माथि भारत १०२  औ स्थानमा छ । त्यस्तै अफगानिस्तान १ सय ४८ औ, माल्दिभ्स १५०  औं स्थानमा रहेको छ । 

दक्षिण एसियामा नेपाल भन्दा तल ४   राष्ट्र रहेका छन् । नेपालपछि भुटान १८८  औं  स्थानमा रहदा बंगलादेश १९७ औं स्थानमा छ  । त्यस्तै श्रीलंका २०० औं स्थानमा र दक्षिण एसियाको पुछारमा पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।

नयाँ वरियताको शिर्ष १० स्थानसम्म फेरवदल भएको छैन । शीर्ष स्थानमा जर्मनी यथावत रहेको छ । त्यस्तै ब्राजिल , पोर्चुगल, अर्जे्न्टिना र बेल्जियम दोस्रोबाट क्रमश पाचौं स्थानसम्म रहेको छ । नयाँ वरियतामा स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली छैटौंबाट दशौंसम्म रहेका छन् । 

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved