सन्दीप लामिछाने आइपीएल अक्सन लिस्टमा, प्रारम्भिक मुल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 20, 2018 | 06:29:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दिप लामिछाने भारतीय लिग इन्डियन प्रिमियर लिग आईपीएलको लिलामको सुचीमा अटाएका छन। आइपिएलद्वारा जारी लिलाममा समावेस खेलाडीहरुको सुचिमा लामिछानेको नाम पनि अटाएको हो। 

लिलाममा राखिएका कुल ५७८ खेलाडी मध्ये लामिछाने पनि एक हुन। उनको नाम आईपीएल वेबसाइटले जारि गरेको सुचीको २७६ औं नम्बरमा छ। सुचीका अनुसार सन्दिप एसोसिएटको कोटामा छन्। अनक्याप्ड खेलाडीको सुचीमा रहेका सन्दिपको प्रारम्भिक मुल्य ३२ लाख रुपैयाँ रहेको छ। 

आईपीएलको लिलाम यही जनवरी २७-२८ मा हुनेछ जसमा कुल ३६० भारतीय खेलाडी सहित ५७८ जना खेलाडी छन। लिलामको सुचिको पहिलो नम्बरमा भारतीय क्रिकेटर रभीचन्द्रन आश्विन रहेका छन् भने शिखर धवन, फाफ डु प्लेसिस, क्रिस गेल, काइरन पोलार्ड, अजिंके रहने, गौतम गम्भीर जस्ता खेलाडीहरु सुचीमा रहेका छन्। 

लामिछाने यस अघि पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्ट सुचीमा परेका थिए। तर कुनै पनि टिमले उनलाई लिएका थिएनन्।लेग स्पिनर सन्दिपले आफ्नो खेल मार्फत २०१६ यु-१९ बिश्वकपमा बिश्वकप ध्यान आकर्षण गरेका थिए । त्यो प्रतियोगितामा उनले आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए भए प्रतियोगिताकै धेरै विकेट लिने सुचीमा दोश्रो स्थानमा थिए।  

आईपीएलको ११ औं सिजनमा यो पटक ८ वटा टिमहरु खेल्दैछन् जसमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सको आगमन हुँदैछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved