एनसिएसएसको 'जाँदा ट्रेनमा आउँदा प्लेनमा' अभियान सफल, खेलाडी र अफिसियल नगदसहित सम्मानित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 04:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बस र रेल मार्ग हुदै बिश्वकप खेल्न गएको नेत्रहिन नेपाली क्रिकेट टोलीलाई हवाई मार्ग हुदै नेपाल फर्काउने नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसको अभियान सफल भएको छ ।  रकम अभावमा बस र रेल मार्ग हुदै गएको टोलीलाई हवाई मार्गबाट नेपाल फर्काउन एनसिएसएसले १५ दिन अगाडी सहयोग संकलन थालेको थियो  ।

अभियान सफल भएपछि हिजो आइतबार टोली फ्लाई दुबईको विमान मार्फत युएईबाट सिधै नेपाल आएको हो । त्यस्तै आज एनसिएसएसले टोलीलाई नगदसहित सम्मान पनि गरेको छ ।  आज त्रिबि क्रिकेट मैदानमा विशेष कार्यक्रम गरेर एनसिएसएसले सम्मान गरेको हो ।  

एनसिएसएले १५ दिनमा ७ लाख ८७ हजार रुपैयाँ संकलन गरेको थियो । संकलित रकम मध्ये ३ लाख १९ हजार रुपैयाँ  खेलाडी तथा अफिसियल सहित २२ जनालाई दुवईदेखि काठमाडौंको टिकट खरिदमा खर्च भएको थियो ।

बाँकी रहेको रकममध्ये आज १४ जना खेलाडीलाई २२ हजार रुपैयाँका दरले ३ लाख ८ हजार र टोलीका ८ जना अफिसियललाई ११ हजारका दरले ८८ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको अध्यक्ष भानु सिग्देलले जानकारी दिए । 

एनसिएसएसले अभियानलाई सफल पुर्याउन सहयोग पुर्याउने सबैमा हार्दिक आभार प्रकट गरेको छ  । अभियानमा राष्ट्रिय टोलीका खेलाडी, पुर्व खेलाडी , बिश्वभर छरिएर बसेका नेपाली क्रिकेटप्रेमीहरुले सहयोग गरेका थिए । 

साथै भबिश्यमा अप्ठेरो परेको बेलामा सहयोग पुर्याउने उदेश्यले एनसिएसएसले एनसिएसएस अक्षयकोषको स्थापना गरेको छ ।  अक्षयकोषमा रहने रकम नेपाली पुरुष तथा महिला क्रिकेट, नेत्रहिन क्रिकेट र ह्वीलचेयर क्रिकेट खेलाडी तथा क्रिकेट पत्रकारलाई अप्ठेरो परेको बेला खर्च हुनेछ । अक्षयकोषमा एनसिएसएसले ५० हजार १ रुपैयाँजम्मा गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved