डिभिजन २ का लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 25, 2018 | 10:44:58 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन २ का लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। आइसिसीका छनोट कमिटी प्रमुख अनिमुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले टोलीको खेलाडी छनोट गरेको हो। सार्वजनिक गरिएको नेपाली टोलीमा रोहित कुमार पौडेल पहिलो पटक नेपाली टोलीमा अटाएका छन् भने अनिल कुमार शाहलाई पनि निरन्तरता दिइएको छ । विकेट किपरको भुमिकाका लागि भने दिलिप नाथलाई टोलीमा समावेश गरिएको छ । 


फेब्रुअरी ८ बाट नामिबियामा हुने प्रतियोगिताको लागि नेपाली टोली पर्सी शनिबार युएई प्रस्थान गर्नेछ। त्यहाँ रहँदा नेपालले ३ वटा अभ्यास म्याच खेल्नेछ। फेब्रुअरी ४ मा नेपाली टोली युएईबाट नामिबिया तर्फ जानेछ।

यस्तो छ नेपाली टोली 

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
करन केसी
आरिफ शेख
सन्दीप लामिछाने
दीपेन्द्रसिंह ऐरी
दीलिप नाथ
ललित भण्डारी
अनिलकुमार साह
रोहितकुमार पौडेल

बैकल्पिक खेलाडी  

सुनिल धमला
ललित राजवंशी
सिद्धार्थ लोहनी
किशोर महतो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved