नेपाली क्रिकेटको भविष्य तय गर्न आईसीसीका कार्यवाहक प्रमुखको टोली नेपाल आउदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2018 | 07:11:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट विवाद समाधानको प्रयासमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का कार्यवाहक प्रमुख इमरान ख्वाजाको नेतृत्वमा एउटा टोली फेरि काठमाडौं आउने भएको छ ।

आईसीसीले गत वर्ष वैशाख १३ गते नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो । क्यानको निलम्बन फुकुवा गर्न र संशोधनसहित नयाँ विधान बनाउन आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाएको थियो । सल्लाहकार समिति, क्यान र आईसीसीबीच विभिन्न चरणमा बैठकहरू भइसकेको छ । यही क्रममा आइतबार अर्को बैठक हुन लागेको आईसीसीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
यसअघि अक्टोबर ३० मा आईसीसीले आफूहरूबीच भएको सहमति विपरीत सल्लाहकार समितिले प्रस्ताव गरेको विधान संशोधन गरिएको भन्दै त्यो अमान्य भएको जनाएको थियो । त्यसपछि निर्वाचितले क्यानले आईसीसीको निर्देशन लत्याउँदै एकलौटी गरेको निर्वाचन स्थगन गर्न विश्व क्रिकेटको सर्वोच्च निकायले अनुरोध गरेको थियो ।

आईसीसीले यहीक्रममा क्यान पुनर्वहालीलाई डिसेम्बर २२ सम्म सन्तोषजनक कारणहरू बुझाउने समयसीमा तोकेको थियो । आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याललाई पत्र लेख्दै दिएको चेतावनीमा भनेका थिए, ‘फेब्रुअरीमा हुने आईसीसीको अर्को बोर्ड बैठकसम्म यदि पुनर्वहालीका सर्तहरूमा क्यानले सन्तोषजनक कदम नचालेको र त्यसमा असफल भएको पाएइमा आईसीसीको अर्को साधारणसभामा क्यानको सदस्यता खारेज गर्ने निष्कर्षसहितको प्रस्ताव अघि सार्नेछ । स्थितिको गाम्भीर्यता मध्यनजर गर्दै म फेरि पनि तपाईहरू सबैलाई पुनर्वहालीका सर्तहरू सन्तोषजनक रूपमा पूरा गर्न आग्रह गर्दछु ।’

बिहीबार जारी विज्ञप्तिमा पनि आईसीसीले यही विषय दोहोर्‍याएको छ । ख्वाजाले विज्ञप्तिमा भनेका छन्, ‘विधान संशोधनका लागि सल्लाहकार समितिले उल्लेखनीय भूमिका खेलेको छ । क्यानले प्रस्ताव गरिएको विधान अवलम्बन नगर्दा हाम्रो ध्यानकर्षण भएको छ । यसबाहेक पनि अन्य विषय सम्बोधन गर्नुपर्ने देखिन्छ । हामीलाई आस छ क्यान, सल्लाहकार समिति र सरकारी प्रतिनिधिसँगको बैठकबाट नेपाली क्रिकेटले निकास पाउने छ ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved