आईपीएलमा पहिलो पटक नेपाली खेलाडीले खेल्ने, बेस प्राइज मै किनिए सन्दिप लामीछाने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2018 | 11:30:59 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक बहु चर्चित इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली खेलाडीले खेल्ने भएका छन् । आज भएको खेलाडीको लिलामीमा सन्दिप लामिछानेलाई उनको बेस प्राइज मै दिल्ली डेयरडेभिल्सले खरिद गरेको हो ।

लामिछानेलाई दिल्लीले २० लाख भारतीय अर्थात् ३२ लाख नेपाली रुपियाँमा खरिद गरेको हो । उनको लागि दिल्लीले नै पहिलो बोली लगाएको थियो  । त्यस पछि कुनै बिड नपरेपछि उनी दिल्ली संग अनुबन्धित भएका  हुन्  ।

अब सन्दिपले पुर्व भारतीय कप्तान गौतम गम्भीरसंग ड्रेसिङ्ग रुम शेयर गर्ने अवसर पाउने छन्  । त्यस्तै दिल्लीको टोलीमा क्रिस मोरिस, रिसब पन्त, ग्लिन म्याक्सवेल, दक्षिण अफ्रीकाका रबाडा, मोहम्मद शामी , रिसब पन्त लगायत रहेका छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved