दोश्रो राष्ट्रिय एकाएन कराते प्रतियोगिता सम्पन्न, यी रहे पदक जित्ने खेलाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2018 | 02:33:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एकायन कराते संघको आयोजना तथा काभ्रे एकाएन कराते संघको सहआयोजनामा काभ्रेको बनेपामा दोश्रो राष्ट्रिय एकाएन कराते प्रतियोगिता सम्पन्न भएको छ ।

७ प्रदेशका पुरुष र महिला गरि १२० जना खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा पुरुष तर्फ ३० केजी मुनि तौल समूह, ३५ केजी मुनि तौल समूह, ४० केजी मुनि तौल समूह, ५० केजी मुनि तौल समूह, ५५ केजी मुनि तौल समूह र पुरुष खुल्ला तौल समूह र महिला ४५ केजी मुनि तौल समूह, ४५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पुरुष ३० केजी मुनि तौल समूहमा एलिस राई(काठमाडौं) प्रथम, अनिज क्षेत्री(काठमाडौ) द्वितिय, कृष्ण भुषाल(पर्वत) तृतिय र शुशान्त कुमार यादव चौथा भएका थिए । त्यसैगरी पुरुष ३५ केजी मुनि तौल समूहमा विकास शाही(बाके), सोम घले(धादिङ), दिछाल मगर(भोजपुर), र उज्वल दर्नान(धरान) क्रमश: प्रथम, द्वितिय, तृतिय र चौथो भएका थिए।यसैगरी ४० केजी मुनि तौल समूहमा प्रथम मुस्कान पुन मगर(काठमाडौं), द्वितिय सुबास शाही(बाँके), तृतिय शिवा गुप्ता(बाँके) र चौथो सनी तामाङ्ग(काभ्रे) भएको थियो । त्यसैगरी पुरुष ५० केजी मुनि तौल समूहमा सजिन महर्जन(काठमाडौं) प्रथम, संन्तोष श्रेष्ठ(काठमाडौं) द्वितिय र जनिप परियार(मकवानपुर) तृतिय भएका थिए भने ५५ केजी मुनि तौल समूहमा सुरेश मगर(महोत्तरी), मिलन बस्नेत(गोर्खा), जयमान तामाङ (नुवाकोट) र बिशाल थापा(बाग्लुङ) क्रमश: प्रथम, द्वितिय, तृतिय र चौथा भएका थिए । पुरुष ५५ केजी माथि तौल समुहमा किशोर पाख्र्रिन(काठमाडौ)प्रथम, निकिल बोगटी(काठमाडौं)द्वितिय, अन्सुमन चौधरी(बर्दिया)तृतिय र विजय तामाङ्ग(नुवाकोट)चौथो भएका थिए । महिला तौल समूह अन्र्तगत ४५ केजी मुनि तौल समूहमा मनिसा घले(धादिङ)प्रथम, सल्मा खातुन(पर्सा) द्वितिय, विधाता राई(भोजपुर) तृतिय र सोनाम तामाङ(धादिङ) चौथा भएकी थिइन । त्यस्तै ४५ केजी माथि तौल समूहमा सोनी लगुन(काठमाडौं) प्रथम, आयुषा महर्जन(काठमाडौ) द्वितिय, प्रकृति स्थापित(काठमाडौं) तृतिय र सुजाता सुन्दास(मकवानपुर) चौथा भएकी थिइन । बनेपा नगरपालिकाका मेयर लक्ष्मी नसिङ्ग बादे श्रेष्ठले उद्घाटन गर्नु भएको उक्त भएको प्रतियोगिता एकायन करातेका संस्थापक(जन्मदाता) श्रीकृष्ण डंगोलको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा काभ्रे मण्डन देउपुर नगरपालिकाका मेयर तोप बहादुर वाईवाले विजयी खेलाडीहरुलाई सिल्ड, मेडल र प्रमाण पत्र वितरण  गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved