आईपीएल: ५७८ मध्ये १६९ खेलाडी अक्सनमा बिके, को कतिमा कुन टिममा गए (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2018 | 03:11:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित इन्डियन प्रिमियर लिग आईपीएलको सन् २०१८ को अक्सन सकिएको छ  । २ दिनसम्म चलेको अक्सनमा ८ टिमले कुल १६९ खेलाडी खरिद गरेका छन्  ।  ति मध्ये ५६ खेलाडी गैर भारतीय छन्  ।  

पहिलो पटक आईपीएलमा नेपाली खेलाडीले खेल्ने भएका छन् । आज भएको खेलाडीको लिलामीमा सन्दिप लामिछानेलाई उनको बेस प्राइज मै दिल्ली डेयरडेभिल्सले खरिद गरेको हो ।

लामिछानेलाई दिल्लीले २० लाख भारतीय अर्थात् ३२ लाख नेपाली रुपियाँमा खरिद गरेको हो । उनको लागि दिल्लीले नै पहिलो बोली लगाएको थियो  । त्यस पछि कुनै बिड नपरेपछि उनी दिल्ली संग अनुबन्धित भएका  हुन्  ।

अब सन्दिपले पुर्व भारतीय कप्तान गौतम गम्भीरसंग ड्रेसिङ्ग रुम शेयर गर्ने अवसर पाउने छन्  । त्यस्तै दिल्लीको टोलीमा क्रिस मोरिस, रिसब पन्त, ग्लिन म्याक्सवेल, दक्षिण अफ्रीकाका रबाडा, मोहम्मद शामी , रिसब पन्त लगायत रहेका छन्  ।

चेन्नई, दिल्ली, मुम्बई र हैदरावादले समान २५ -२५ खेलाडी  खरिद गरेका छन् । त्यस्तै बंगलोरले २४, राजस्थानले २३, पन्जाबले २१ र सबै भन्दा कम कोलकाताले १९ खेलाडी मात्र खरिद गरेका छन् । कोलकाता र पन्जाब बाहेक सबै टोलीमा समान ८ बिदेशी खेलाडी छन् । कोलकाता र पन्जाबमा ७ मात्र बिदेशी खेलाडी छन् ।

हेर्नुस टिम खेलाडी र तिनको मूल्य ।






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved