सन्दिपसँगको अन्तर्वार्ता : आईपीएलमा कसको विकेट लिने मन छ भन्दा दिए यस्तो जवाफ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2018 | 09:40:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले आइपीएलमा छानिएपछि आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको भन्दै अन्य नेपाली प्रतिभाका लागि बाटो खोल्ने गरी खेलमा मेहनत गर्ने बताएका छन्।

त्यो 'महत्वपूर्ण अवसर' पाउनेमा शुरुमा उनी आफूचाहिँ कतिको आशावादी थिए? 

यस्तो छ बीबीसी नेपाली सेवाले  उनीसँग गरेको कुराकानी।


तपाई आफु आईपीएलमा छानिनेमा बिश्वस्त हुनु हुन्थ्यो?

लागि राख्य थियो त्यस्तै त्यस्तै, गरि राख्य थिए सबै कुरा राम्रो होस् भनेर, राम्रो पनि भयो।

के आधारमा छानिन्छु जस्तो लागेको थियो ? 

अस्ति दिल्ली पनि गएको थिए, ट्रायल पनि दिए, खेलमा राम्रो गरे, त्यहि देखेर नै मलाई छनौट गर्नु भाको हो जस्तो लाग्छ ।

दिल्ली जाँदा खेरी त्यहाँ कुन खेलाडीको प्रतिक्रिया कस्तो थियो ? 

सबै कुरा राम्रो छ तर अझै पनि मेहनत गर भनेर भन्नु हुन्थियो ।

दिल्ली डेयरडेभिल्सको टिममा परि सकेपछि अब प्लेईङ्मा परेर खेल्न सक्ने सम्भावना कतिको छ ?

त्यो त् अब त्यहि गएर थाहा हुन्छ, किनभने त्यहाँ धेरै अनुभवी खेलाडी छन् , त्यहाँ गएर परफर्म गर्नु पर्यो , अ लंग वे टु गो भन्नु पर्छ ।

टिममा परिसकेपछि प्लेईङ्मा खेल्नु नेख्लेनु भन्दा पनि अभ्यासमा संगै हुने भयो, बिश्वका उत्कृष्ट खेलाडीसंग संगै नेटमा अभ्यास गर्न पाउने भयो, त्यसबाट चै के सिक्न सकिन्छ जस्तो लाग्छ ?

अब अमित मिश्र हाम्रै टिममा हुनु हुन्छ, वहाँ चै एकदम राम्रो लेग स्पिनर बलर, सायद उहाँको अण्डरमा हुँदा पनि धेरै राम्रो कुरा हरु सिक्न पाइन्छ जस्तो लाग्छ  ।

अब अमित मिश्र हुनु एउटा फाइदा भयो, तर अमित मिश्र पनि लेग स्पिनर भएकै कारण तपाईलाई मैदान छिर्नमा बाधा पुग्छ कि ? 

जब सम्म एउटा टिमको पार्ट हुन्छु, टिमको लागि जे आवश्यकता हुन्छ त्यो नि हामीसबैले स्विकार्नु पर्छ, चाहे त्यो नेपालको लागि खेल्दा होस् वा दिल्लीको लगे खेल्दा होस्  ।

क्याप्टेन गौतम गम्भीर संग खेल्दै हुनु हुन्छ, त्यहाँ क्रिस मोरिस छन्, जेसन रोय छन्, मोहम्मद शामी जस्ता खेलाडीहरु छन् , त्यस्ता खेलाडीसंग खेल्न पाउँदा कस्तो अनुभव हुन्छ ? 

जुन खेलाडीलाई हामि पहिले देखी नै पछ्याउदै आएका छौ, उहाँहरुको साथमा खेल्न पाउँनु चै जस्तो एउटा नाम आउंदा त् यति खुसि हुन्छ, खेल पाउनु चै कस्तो खुसि होला त्यो हजुरहरुले नै सोच्न सक्नु हुन्छ  । आई एम द लक्की वान, यति सानो टाइममा पनि यहाँ सम्म पुग्नु पनि एक दम गर्वको कुरा हो , मेरो लागि पनि , पुरै नेपालको लागि पनि ।

अब त्यहाँ पुगीसकेपछि म यो गर्छु भन्ने केहि सोच्नु भाको छ? 

म नेपालको लागि खेल्दा पनि जे थिन्किंङ् हुन्छ त्यहा पनि त्यहि थिन्किंङ् हुन्छ , आफ्नो राम्रो गर्ने, गेम हो, कहिलेकाही तल माथि हुन् सक्छ तर आफु संग इमान्दार हुने, टिमको लागि आफ्नो हन्ड्रेड पर सेन्ट दिने, म माथि धेरै रिस्पिनसिबिलिटी छ , मैले गर्दा चै अरुलाई पनि फाइदा होस् भन्ने सोच छ ।

रंगशालामा भरिएका दर्शकहरु भई हाले, त्यसपछि टिभीमा हेर्ने र लाखौ नेपालीले तपाईलाई त्यहा हेर्ने भए, कतिको आत्माविश्वास छ ? 

नेपाली समर्थकको अगाडी खेली सकेको छु, त्यस्तो केहि डर छैन अब । 

के इच्छा छ को संग खेल्छु म , कसको विकेट लिन्छु म भन्ने केहि छ चाहना? 

त्यति बेला राइट कुरो चै के हुन् सक्छ, हामी त्यहि नै बेला त्यहि गरौला । 

फिल्डमा पुगीसकेपछि एउटा खेलाडीको चाहना हुन्छ नि , म यसो गर्छु मैले मौका पाए भने भन्ने, त्यो के छ? 

 जहाँसम्म हुन्छ एउटा राम्रो बलिंग गर्ने, त्यहि चाहना छ । 

एउटा खेलमा ४ जना मात्र बिदेशी राख्न पाइन्छ, अब तपाईले मौका पाउनु भएन भने , नेपालीहरुलाई अलि निराश होला नि । 

त्यस्तो निराश हुनु पर्ने कुरो नै छैन । 

तपाईको आईपीएल उपस्थितिले अरु नेपाली खेलाडीहरुको लागि के महत्व राख्ला ? 

धेरै एक्सपेक्टेशन छ, जसरी म त्यहाँ सेलेक्ट भए आइ होप अब मैले राम्रो गरे भने नेक्स्ट एडीसनमावहाँहरुको सोचाईमा यो पनि आयोस कि नेपालमा पनि धेरै नै राम्रो खेलाडी छ , किनभने दे डन्ट नो, तर मलाई थाहा छ कि नेपालमा म भन्दा पनि धेरै राम्रो खेलाडीहरु हुनु हुन्छ, वहाँहरुलाई पनि ठा होस् कि नेपालमा केहि छ भन्ने । 

धेरैले तपाइको सफलताको कामना गरेका छन् , के भन्न चाहनु हुन्छ ? 

माया गरि नै रख्दिनु होला, बेल्सिंग्स दिई राख्नु होला  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved