दोस्रो अभ्यास खेलमा नेपालले खडा गर्यो बिशाल स्कोर, ज्ञानेन्द्र मल्लले बनाए १५४ रन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2018 | 01:03:50 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

डिभिजन दुईको तयारीको लागि युएईमा रहेको नेपाली टोलीले आज दोस्रो अभ्यास खेलिरहेको छ । 

आजको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएई ए लाई जितको लागि ३ सय ३४ रन्को बिशाल लक्ष्य दिएको छ । आजको खेलमा नेपालका ओपनर ज्ञानेन्द्र मल्लले १५४ रन जोडे ।   १३१ बल खेलेका उनले १७ चौकाको मद्दतमा उक्त स्कोर बनाएका हुन् । त्यस्तै दिलिप नाथले ६४ रन जोडे । ७९ बलको सामना गरेका उनी रन आउट भएका थिए 

त्यस्तै अनिल शाहले १४, दिपेन्द्र ऐरीले ३४, आरिफ शेखले ४१ रन, तथा करण केसीले ५ रन बनाए । नेपालले २१ अतिरिक्त रन पाएको थियो 

यस अघि नेपालले हिजोको खेल २५ रनले जितेको थियो। नेपालले त्यहाँ ३ अभ्यास खेल्ने तालिका छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved