फिफा वल्र्डकप २०१८ को ट्रफीको टुर सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2018 | 04:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा वल्र्डकप २०१८ को ट्रफीको टुर सुरु भएको छ । विश्वकप २०१८ को संस्करण जुन १४ बाट रसियामा सुरु हुँदै छ । 

विश्वकप २०१८को ट्रफी टुर कोकाकोलाले आयोजना गर्दै आएको छ । यसको सुरुवात गत ९ सेप्टेम्बर २०१७  देखि रसियाको मस्को लुजिन्की स्टेडिएमबाट सुरु भएको थियो । यो ट्रफीलाई रसियन लिगको सुरुवातको अवसर पारेर फिफाका अध्यक्ष जियानी  इन्फेन्टीनो र रियन राष्ट्रपति भ्लादिमर पुटिनले संयुक्त रुपमा गरेका थिए । यो ट्रफीलाई विश्वका ५४ देशमा भ्रमण गराईने छ । सन् २०१८को सुरुवातसँगै श्रीलंकाको कोलम्बो पुर्याइएको यो ट्रफी पाकिस्तान र चीनमा समेत पु¥याइने छ । 

सन् २००६ देखि कोकाकोलाले फिफासँग लामो सम्झौता गरेर यो अभुतपूर्व ट्रफीको विश्वयात्राको सुरुवात गरेको हो । यो सक्कली ट्रफीको यात्रा कोकाकोलाले जर्मनीमा भएको विश्वकप २००६ बाट सुरु गरेको थियो । त्यति बेला यो ट्रफीलाई ३ महिना भित्र विश्वका ३१ देशमा पु¥याइएको थियो । जसलाई विश्वका लाखौैं फुटवल प्रेमीले प्रत्यक्ष रुपमा देख्ने अवसर पाएका थिए ।  

सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्व कपमा दिइएको ट्रफीलाई विश्वको ८४ देशमा पु¥याइएको थियो । त्यसमा ५० वटा अफ्रिकी मुलुकहरु समेत रहेका थिए । 

अहिलेसम्मकै धेरै देशमा भ्रमण गराईएको वल्र्डकप ट्रफी २०१४ ब्राजिल वल्र्डकपको हो । त्यतिबेला १० औं लाख फुटबलप्रेमिले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । त्यति बेला नेपाली फुटबलप्रेमीले समेत ट्रफीलाई प्रत्यक्ष देख्न अवसर पाएका थिए ।  

त्यतिबेला सन् २०१३ को डिसेम्बर २१ मा भुटानबाट ट्रफीलाई नेपाल ल्याइएको थियो । त्यसलाई नेपाल ल्याउन कोकाकोलाले एन्फासँग सहकार्य गरेको थियो । काठमाडौंको दशरथ रंगशालामा सार्वजनिक गरिएको ट्रफीलाई तात्कालीन नेपालका राष्ट्रपति डा. रामवरण यादब ज्यूले सार्वजनिक गर्नु भएको थियो । जहाँ ७५०० भाग्यमानि  फुटबल प्रेमीले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए ।  

फिफा वल्र्डकपमा दिइने वास्तविक  ट्रफीलाई फुटबलका फ्यान्सको बिचमा पु¥याउने र उनिहरुले ट्रफीसँग फोटो खिच्ने अबसर कोकाकोलाले प्रदान गर्दै आएको छ । फुटबल म्याचको फाइनलमा मात्रै प्रर्दशन गरिने र त्यसअघि (दि फिफा वल्र्ड फुटबल म्युजियम)मा राखिने यो ट्रफीलाई विश्वभर पु¥याएर नजिकबाट नियाल्ने मौका कोकाकोलाले प्रदान गर्दै आएको छ । 

२०१८ बल्र्डकप ट्रफी ५४ देशमा पुर्याइने छ । यसको सुरुवात श्रीलंकाबाट सुरु भएको हो । जनवरी २४ को दिन श्रीलंकाको साँग्रिला होटलमा राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले सार्वजनिक गर्नुभएको थियो । शो अवसरमा श्रीलंकेली प्रधानमन्त्री रनिल बिक्रेमे सिंन्हेले १५०० भाग्यशाली फुटवल फ्यान्सबाट फुटबल विकासको बारेमा राय सुझाव लिएका थिए । जसले श्रीलंकाली फुटबल सन् २०३० सम्म कहाँ पुर्याउने भन्ने लक्ष्य सार्वजनिक गर्न सहयोग पुगेको जनाइएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved