सन्दिप र सोमपालको उत्कृष्ट बलिंङ: नामिबियाँ ३४.२ ओभरमै अल आउट, नेपाललाई १३९ रनको लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2018 | 01:53:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उद्घाटन खेलमा नेपालले नामिबियाँसंग प्रतिस्पर्धा गरिरहेको छ  । टस हारे पहिले ब्याटिंग गरेको नामिबियाँले नेपाललाई १३९ रनको बिजयी लक्ष्य दिएको छ  । 

नामिनियाँले ३४.२ ओभरमा अल आउट हुदै १३८ रन मात्र जोड्यो  । नामिनियाँलाई सस्तैमा समेट्न नेपालका लागि सन्दिप लामिछानेले सर्बाधिक ४ विकेट लिए  । उनले ८.२ ओभरमा केवल १८ रन खर्चिएर ४ विकेट लिएका हुन्  । त्यस्तै सोमपाल कामिले ३ तथा बसन्त रेग्मी, पारस खड्का, र शरद भेषवाकरले समान १-१ विकेट लिए  । 

नेपालले  जवाफी ब्याटिंग सुरु गरि सकेको छ  । 

प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved