टस जितेर नेपालले केन्यालाई दियो ब्याटिङको निम्तो, युवा खेलाडी अनिलको डेब्यु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 12, 2018 | 12:15:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको आफ्नो चौथो खेलमा केन्या बिरुद्द टस जितेर फिल्डिङ रोजेको छ । जित्नै पर्ने दबाबमा रहेको नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ। 

केन्या बिरुद्द जित निकालेको अवस्थामा डिभिजन टु शीर्ष दुई स्थानमा रहँदै नेपालको विश्वकप छनोट यात्राको सम्भावना बलियो हुनेछ। तर आजको खेल नेपालको पक्षमा रहेन भने नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हरेर अन्य टोलिको नतिजामा आफ्नो भविष्य कुर्नुपर्ने हुन्छ।

३ खेलमा २ मा जित र एकमा हार बेहोरेको नेपाल समुहमा ४ अंक सहित दोस्रो स्थानमा छ। केन्या र नामिबियाले दुई खेल खेल्दा नेपाल सहित  अन्य ४ राष्ट्रले भने ३ खेल खेलेका छन।   

नेपाल, ओमन, युएई, क्यानडा, नामिबिया, केन्या गरि ६ राष्ट्रको सहभागिता रहेको नेपालको लागि यो डिभिजन टु निकै महत्वपूर्ण रहेको छ । शीर्ष दुई स्थानमा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्ने हुँदा पनि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ ।

त्यस्तै 

नेपालका युवा खेलाडी अनिल कुमार शाहले केन्या विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका छन् । उमेर समूह र घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका अनिलले नेपाली टिममा स्थान पाएका हुन् । उनले दिलिप नाथको स्थानमा ठाउँ पाएका हुन् । नाथको स्थानमा अब नेपालको विकेट किपिङ उपकप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved