नेपालद्वारा केन्या ३ विकेटले पराजित, नेपालको विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 12, 2018 | 07:29:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालद्वारा केन्या ३ विकेटले पराजित भएको छ। नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको आफ्नो चौथो खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको हो।   

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा केन्याले दिएको १७८ रनको लक्ष्य नेपालले १ बल बाँकी चन्दा भेट्टाएको हो। मध्य क्रमको ब्याट्सम्यानद्वय रोहित कुमार पौडेल र आरिफ शेख चम्किएपछि नेपालको जित सम्भव भएको हो। यसै प्रतियोगिताबाट डेब्यु गरेका रोहितले ४७ तथा आरिफले ४२ रनको योगदान गरे 

यस्तै कप्तान पारस खड्काले ४२ रनको योगदान दिए । नेपालले मात्र १४ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो । तर, कप्तान पारसले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै नेपालको पारी उकासेका थिए ।  

नेपालका शरद भेषवाकरले १९ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रन बनाए । डेब्यु खेलाडी अनिल कुमार साह शुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी एक रनमा पेभेलियन फर्किए । सोमपाल कामी ५ तथा करण केसी सुन्य रनमा अविजित रहे । केन्याका इम्यानुएल बुन्दीले ३ तथा नेहिम ओधिअम्बो, नेल्सन ओधिअम्बो र शेम नोग्चेले समान १ – १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले ८ ओभरको क्षतिमा १७७ रन जोड्यो। नेपालका लागि सन्दिप लामिछानेले ५ तथा सोम्पाल कामी, बसन्त रेग्मी र शरद भेष्वाकरले समान १-१ विकेट लिए। 


यो जितसंगै  ६ राष्ट्र सम्मलित डिभिजन टु मा नेपालले चार खेलबाट ६ अंक जोडेको छ। प्रतियोगितामा क्यानडा लगातार तीन खेल जित्दै ६ अंक जोडेर लिगको शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। आफ्नो ४ खेलमा ३ जित र १ हार बेहोरेको नेपालको शिर्ष दुईमा पुग्ने नेपालको सम्भावना झनै बलियो बनेको छ। नेपालले आफ्नो अन्तिम तथा पाँचौ खेल अब बुधबार क्यानडासँग खेल्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved