क्यानडा बिरुद्द आजको खेल जित्नै पर्ने दबाबमा नेपाल, यस्तो छ अंक गणित र छनौट सम्भावना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 08:28:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले नतिजा आफ्नो पक्षमा पार्ने पर्ने भएको छ। मंगलबारको खेलमा केन्यालाई ८ विकेटले पराजित गरि निमाबिया दोश्रो स्थानमा उक्लिएसंगै नेपालले आजको खेलमा क्यानाडालाई हराउनै पर्ने भएको हो। 

यस लिगको शिर्ष दुईमा पुग्नेले मात्र विश्वकप छनौटको खेलमा सहभागी हुन पाउने भएकाले नेपालका लागि क्यानडा बिरुद्दको खेल 'डु वर डाई' हुनेछ। शिर्ष दुईमा परि विश्वकप छनौटमा खेल्ने सपना साकार पार्नका लागि नेपालले आज कुनै पनि हालतमा नतिजा आफ्नो पक्षमा पार्नुपर्नेछ।

त्यस्तै जारि डिभिजन टु को शीर्ष दुई टोलीले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा सहभागिता जनाउन पाउनेछन। यस कारण पनि नेपालको लागि आजको खेल बिशेष हुनेछ।

यस्तो छ खेलको अंक गणित 


समान ४ खेल क्यानडा ६ अंक सहित पहिलो स्थानमा छ भने नामिबिया दोस्रो र नेपाल तेस्रो स्थानमा छ। नेपाल र क्यानाडा मध्ये आजको खेलको बिजेताले विश्वकप छनौटमा सहभागी हुन पाउनेछ।  

त्यस्तै आज अर्को खेलमा नामिबिया र यूएई प्रतिस्पर्धा गर्दैछन। नेपाल, क्यानाडा र नामिबियाले समान ३ खेल जितेका छन भने १-१ खेलमा हार बेहोरेका छन। 

अंक तालिकामा शिर्ष ४ स्थानमा रहेका क्यानाडा, नामिबिया, नेपाल र यूएई मध्ये सबैको शिर्ष दुई मा रही विश्वकप छनौटको खेलमा सहभागी हुने सम्भावना यथावत नै छ।

पहिलो सम्भावना

क्यानाडालाई नेपालले पराजित गरेको अवस्थामा शिर्ष दुईमा नेपालमा स्थान पक्का हुनेछ र विश्वकप छनौटमा खेल्न पाउनेछ। 

दोस्रो सम्भावना

नेपाल क्यानडासंग पराजित भएको अवस्थामा क्यानडा शिर्ष दुईमा रही विश्वकप छनौटमा खेल्न पाउनेछ। तर शिर्ष दुईमा रहन नेपालले अरुको नतिजा भर पर्नुपर्ने हुन्छ। 

नेपालले हार बेहोरेको अवस्थामा उता युएईले पनि नामिबियालाई हराएको अवस्थामा रन रेटको आधारमा जुन बलियो हुन्छ त्यहि टिम शिर्ष दुईमा पर्छ। तर नामिबियाले आफ्नो खेल जितेको अवस्थामा उ सिधै शिर्ष दुई मा पर्नेछ। 

नेपाल र क्यानडा मध्ये कसको पल्ला भारि 

जारि प्रतियोगितामा क्यानडाको प्रदशन मजबुत देखिएको छ। नेपालमा तुलनामा बलियो देखिएको क्यानडा र नेपाल पछिल्लो समय २ पटक आमनेसामने भएका छन। जसमा दुवैले १-१ खेल जितेका छन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved