हारको मुखमा पुगेको नेपाललाई करण केसी र सन्दिप लामिछाने जिताए , नेपाल विश्वकप छनौटमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 08:35:37 PM मा प्रकाशित

laxmi  sunrise bank

खेलको अन्तिम समयमा बलर सन्दिप लामिछाने र करण केसीले प्रस्तुत गरेको जादुमय प्रदशनले नेपालले क्यानडालाई पराजित गरेको छ। ओपनर ब्याट्सम्यानको कम्जोर प्रदशनले हारको नजिक पुगेको नेपाललाई करण केसीको चार छक्का र तीन चौकाले जित दिलायो। 

हारको संघारमा पुगेको नेपाललाई करनले अन्तिम ओभरको अन्तिम दुई बलमा एक छक्का प्रहार गर्दै जितको नजिक ल्याए। र खेलको अन्तिम बलमा १ रन प्रहार गर्दै नेपाललाई जित दिलाए। 

नेपालले अन्तिम बलमा १९५ रनको लक्ष्य भेट्टाएको हो। नेपालका फर्स्ट अर्डरका ब्याट्सम्यान पारस खड्का, शरद भेषवाकर र ज्ञानेन्द्र मल्ल चल्न नसक्दा नेपालले कम्जोर अवस्थामा पुगेको थियो। कप्तान पारस खड्काले खाता नखोली शुन्य रनमा आउट भए भने शरद भेषवाकरले ५ बल खर्चेर मात्र १ रन बनाए। ओरालो लागेको नेपालको अवस्थालाई ज्ञानेन्द्र मल्लले पनि सम्हाल्न सकेन। उनले २५ बल खर्चिदा मात्र ९ रन जोडे।  

नेपालको कम्जोर स्तिथिलाई आरिफ शेख, दिलिप नाथ, रोहित कुवरले सम्हाल्ने प्रयास गरे। उनीहरुले नेपाललाई खेलमा फर्कन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। आरिफ शेखले २६ रन बनाउदा दिलिपले ४१ रन जोडे भने रोहितले २७ रनको योगदान दिए। त्यस्तै दिनेश ऐरेले १८ रन जोडे। 

त्यसपछि ब्याटिंगमा आएका सोम्पाल कामि र बसन्त रेग्मी पनि धेरै बेर क्रिजमा टिक्न सकेनन। बसन्त रेग्मी खाता नखोली फिर्ता भए भने सोमपाल कामिले ७ रन सम्म जोडे। 

सहकर्मीहरु एक पछि अर्को आउट हुँदै गर्दा करण केसीले भने क्रिजमा टिकी रहे। र करनलाई अन्तिम सम्म सन्दिप लामिछानेले साथ दिए। जस कारण नेपालले क्यानडालाई शुन्य बल बाँकी रहंदा १ विकेटले मात्र जित्न सफल भयो। जितसंगै नेपालले विश्वकप छनौटमा खेल्ने मौका पाएको छ भने नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । 

आफ्नो अन्तिम खेलमा जित हासिल गरेको नेपाल अंक तालिकामा ८ अंक सहित शिर्ष स्थानमा छ भने नेपाललाई पछाउदै युएई अंक तालिकामा ६ अंक सहित दोस्रो स्थानमा छ। शिर्ष २ मा रहन सफल नेपाल र युएईले विश्वकप छनौटमा सहभागी हुन पाउने छन।        

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved