अन्तिम बलमा क्यानडालाई हराउँदा ड्रेसिङ रूमको नेपाली खेलाडीको खुसीयाली (भिडियो)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 07:51:42 AM मा प्रकाशित

laxmi  sunrise bank

खेलको अन्तिम समयमा बलर सन्दिप लामिछाने र करण केसीले प्रस्तुत गरेको जादुमय प्रदशनले नेपालले क्यानडालाई पराजित गरेको छ। ओपनर ब्याट्सम्यानको कम्जोर प्रदशनले हारको नजिक पुगेको नेपाललाई करण केसीको चार छक्का र तीन चौकाले जित दिलायो। 

हारको संघारमा पुगेको नेपाललाई करनले अन्तिम ओभरको अन्तिम दुई बलमा एक छक्का प्रहार गर्दै जितको नजिक ल्याए। र खेलको अन्तिम बलमा १ रन प्रहार गर्दै नेपाललाई 'नाटकीय रुपमा' जित दिलाए।

जितका लागि नेपालले अन्तिम ओभरमा ८ रन जोड्नुपर्ने थियो। ब्याटिङमा रहेका सन्दिपबाट स्ट्राइक लिएका करणले सुरुका ४ बलमा रन जोड्न सकेनन तर पाँचौं बलमा छक्क प्रहार गर्दै नेपाललाई जितको निकट ल्याए र अन्तिम बलमा १ रन हानेर नेपाललाई जित दिलाए। 

करणले मैदानमा संघर्ष गर्दै गर्दा ड्रेसीङ रुममा नेपाली दर्शकहरु झैं लामो सास तान्दै कप्तान पारस खड्का सहितका खेलाडीहरु अन्तिम बलको पर्खाईमा थिए। 

करनले अन्तिम बलमा एक रन प्रहार गरि नेपाललाई जित दिलाएपछी ड्रेसिङ रूममा नेपाली टोलीले उल्लासमय सेलिब्रेसन गरेको छ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved