विश्वकप छनोटमा पुगेको नेपाली टोलि स्वदेश फर्कियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 17, 2018 | 09:08:27 PM मा प्रकाशित

laxmi  sunrise bank

डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलि स्वदेश फर्किएको छ। शनिबार राति स्वदेश फर्किएको नेपाली टोलिलाई त्रिभुवन विमानस्थलमा पूर्व खेलकुदमन्त्री तथा माओवादी नेता दलजित श्रीपाली लगायतले स्वागत गरे।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले जुन लक्ष्यका साथ नामिबिया पुगेको थियो त्यो पुरा भएको प्रतिक्रिया दिएका छन। आफ्नो सपना पुरा भएको भन्दै टमाटाले सबै खेलाडीले राम्रो प्रदशन गरेको बताए। त्यस्तै कप्तान पारस खड्काले सबै खेलाडीले उत्कृष्ट प्रदशन गरेकाले वर्ल्डकप क्वालिफायरमा छनोट भएको बताए। 

एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने छ। आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ ।

डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । समूहचरणमा सबै टिमले एकअर्कासँग एक/एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्स चरण खेल्नेछन् ।

सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन् । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ । यसैबीच यो चरणमा नयाँ टेष्टमान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन् ।

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागीहुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन्।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved