नेपाललाई विश्वकप छनौटमा पुर्याउने खेलाडीलाई जनही ४ लाख पुरस्कार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 03:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा स्थान बनाएका नेपाली राष्ट्रिय टिमलाई सरकारले जनही तीन लाख पुरस्कार दिने भएको छ। त्यस्तै मदन भण्डारी फाउन्डेशनले पनि एक-एक लाख रूपैयाँ पुरस्कार दिन लागेको हो।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टिमलाई बधाई दिन बालुवाटार बोलाएको बेला सरकारले प्रति खेलाडी ३ लाख र मदन भण्डारी स्पोट्र्स एकेडेमीले थप १ लाख गरि जनही ४ लाख पुरस्कार रकमको घोषणा गरेको हो। 

नामिबियामा सम्पन्न डिभिजन टु मा उपविजेता हुँदै विश्वकप छनौटमा पुगेको नेपाली टोलिले आफ्नो पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ नेपालले जिम्बावेसँग फागुन २० मा, स्कटल्यान्डसँग २४ मा, अफगानिस्तानसँग २६ र हङकङसँग २८ गते खेल्नेछ। त्यसअघि नेपालले २ वटा ‘वार्मअप’ खेल खेल्नेछ। नेपालले फागुन १५ र फागुन १७ मा वार्मअप खेल खेल्नेछ।

समूहचरणमा सबै टिमले एकअर्कासँग एक/एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्स चरण खेल्नेछन् । सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन् । 

समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ । यसैबीच यो चरणमा नयाँ टेष्ट मान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन् ।

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागीहुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् 

विश्वकप छनोट खेल्ने नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

शक्ति गौचन

बसन्त रेग्मी

शरद भेषावकर

सोमपाल कामी

करण केसी

आरिफ शेख

सन्दीप लामिछाने

दीपेन्द्रसिंह ऐरी

दिलीप नाथ

ललित भण्डारी

अनिलकुमार साह

रोहितकुमार पौडेल

ललितनारायण राजवंशी

वैकल्पिक :

सुनिल धमला

किशोर महतो

सिधान्त लोहनी

बिनोद भण्डारी  

  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved