डिपीएल दोस्रो सिजनको लागि ७२ खेलाडीहरुको मोलमलाई, ४ जना डेढ लाखमा अनुबन्ध

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 08:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् ।

ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा  एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो ।

त्यसैगरी, पृथु बाँस्कोटा विराटनगरमा आबद्व भए । उनलाई विराटनगरले  एक लाख २० हजारमा अनुबन्ध गरेको हो । सोही रकममा नरेश बुढाऐरलाई काठमाडौँ गोल्डेन्सले खरिद गर्‍यो । त्यस्तै, विराटनगरले  एक लाखमा रामनरेश गिरी, पवन सर्राफ, सौरभ खनाल, दिलीप नाथ र अनिल कुमार शाहलाई अनुबन्धन गर्‍यो ।

सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई पनि जनही  एक लाखमा नै अनुबन्धन गर्‍यो भने काठमाडौँ गोल्डेन्सले अमित श्रेष्ठ, किशोर महतो, ललित राजवंशीे र साहव आलमलाई  एक/एक लाखमा किन्यो ।

यता महेन्द्रनगरले रोहितकुमार पौडेल र भुवन कार्कीलाई अनुबन्धन गर्‍यो । उनीहरुलाई जनही  एक लाखमा किनेको हो । रुपन्देही च्यालेन्जर्सले बिक्रम कुमार भुषाल, सुशन भारी र सिद्धान्त लोहनीलाई जनही एक लाखमा अनुबन्धन गर्‍यो ।

टिम चौराहा, धनगढीले ललित भण्डारी, योगेन्द्रसिंह कार्की, सोनु तामाङ र सुनिल धमलाका लागि जनही  एक लाख खर्च गर्‍यो ।आज सम्पन्न अक्सनमा १८७ खेलाडीको नाम दर्ता भएको थियो जसमा ७२ खेलाडी अक्सनमा बिकेका हुन् । प्रत्येक टिमलाई १२ खेलाडी आवद्ध गर्न दिइएको अधिकतम ११ लाख रुपैयाँ मूल्यमा विराटनगर किंग्सले सबैभन्दा बढी ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ भने सिवाइसी अत्तरियाले सबैभन्दा कम ७ लाख २० हजार खर्च गरेको छ। 

धनगढीमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिम चौराह धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले  २५ लाख तथा उपविजेताले  १० लाख प्राप्त गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved