क्रिकेटर दिपेन्द्र ऐरीलाई ग्लोबल आइएमईको प्रायोजन, एक बर्षमा चार लाख पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 05:16:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले राष्ट्रिय क्रिकेट टिमका सदस्य एवं अन्डर नाइन्टिनका कप्तान दिपेन्द्र सिंह ऐरीलाई एक बर्षलाई प्रायोजन गरेको छ। एक समारोहका विच बैंकले ऐरीलाई प्रायोजन गरेको घोषणा गरेको हो। 

प्रायोजन बापत बैंकले ऐरीलाई बार्षिक चार लाख (मासिक २० हजार र बाँकी रकमको क्रिकेट किट) प्रदान गर्नेछ। बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाली क्रिकेट र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह ऐरीलाई सम्मान गरेको बताए।

ऐरीले बैंकले आफूप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नका लागि प्रेरणा मिलेको बताए। कार्यक्रममा उपस्थित राष्ट्रिय टिमका कप्तान पारस खड्काले कर्पोरेट हाउसहरुले देखाएको सम्मान र साथले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved