पहिलो पटक एकविदवशीय विश्वकप छनौट खेल्न लागेको नेपालले आज घरेलु टोली जिम्बाबेसंग प्रतिस्पर्धा गर्दै छ । एकविदवशीय विश्वकप छनौटमा नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।
टी–२० विश्वकपमा भने नेपालले यस अघि नै टेस्ट खेल्ने राष्ट्र बंगलादेश संग खेलीसकेको छ । डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।
नेपालको प्रतिस्पर्धी जिम्बाबे समुह कै बलियो टोली हो । जिम्बावेले सन् १९८३ यता लगातार विश्वकपमा सहभागिता जनाउँदै आएको छ ।
नेपालको लक्ष्य भने वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु हो । शीर्ष ८ भित्र पर्न सकेमा नेपालले आगामी ४ वर्षका लागि वान–डे मान्यता पाउने छ र प्रथम श्रेणीको मान्यताप्राप्त अन्तरमहादेशीय चारदिवसीय क्रिकेट खेल्न पाउने छ ।
नेपाली टोलीका कप्तान पारस खड्काले आफुलाई कुनै दबाब नाबह्येको बताएका छन । उनले भने ‘दबाब सम्भवत: ठूलो टोलीलाई नै हुन्छ । आफूले चाहेको नतिजा पाउनेमा हामी विश्वस्त छौं र त्यसैले हामी एक पटकमा एउटै खेलमा मात्र ध्यान दिन्छौं ।’
आजको खेल जिम्बाबेको घरेलुमा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुने छ ।
नेपालको बलियो पक्ष बलिंग रहेको छ भने कमजोर पक्ष ब्याटिंग रहेको छ ।