१० बर्ष अगाडी नेपाल संग ५९ रनमै अलआउट भएको थियो जिम्बाबे, त्यस खेलका ५ खेलाडी आज पनि खेल्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 09:38:59 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक एकविदवशीय विश्वकप छनौट खेल्न लागेको नेपालले आज घरेलु टोली जिम्बाबेसंग प्रतिस्पर्धा गर्दै छ । एकविदवशीय विश्वकप छनौटमा नेपालले पहिलो पटक  टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।

तर रोचक के छ भने आज भन्दा ठ्याक्कै १० बर्ष अगाडी नेपालले जिम्बाबे माथि शानदार जित हात पारेको थियो  । मिति थियो  २४ फेब्रुअरी २००८  । स्थान थियो मलेशियाको जोहोर। प्रतियोगिता थियो आईसीसी अन्डर १९ बिश्वकप । प्लेट क्वाटरफाइनलमा नेपालको खेल थियो जिम्बाबेसंग । 

नेपाल टस हारेर ब्याटिंग गर्नु पर्ने भयो । नेपालका कप्तान थिए पारस खड्का जो अहिले राष्ट्रिय टिमका कप्तान छन् । नेपाल ४५.१ ओभरमा १५८ रन जोड्दै अल आउट भयो । नेपालका लागि प्रनित थापा मगरले सर्बाधिक ४१ रन जोडे । त्यस्तै पारस खड्काले २०, राज श्रेष्ठले १९, तथा महेश क्षेत्रीले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन । अनिल मण्डलले १ रन बनाए, ज्ञानेन्द्र मल्ल तथा राहुल बिश्वकर्मा ० रन मै आउट भए । त्यस्तै सागर खडकाले २, आकाश गुप्ताले ९, अभय रानाले २ तथा अमृत भट्टराईले ९ रन जोडे । अतिरिक्त बाट आएको थियो ४० रन जसमा २८ वाइड बल थियो । 

१५९ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रियो जिम्बाबे।  तर पहिलो ओभर देखि विकेट पतन भयो । जिम्बाबेका २ खेलाडीले मात्र दोहोरो अंकको रक बटुल्न सके । तिनासे चिमबाम्बोले सर्बाधिक २० तथा सोलोमनले १६ रन जोडे । ४ खेलाडी शुन्य मै त्तहा ३ खेलाडी १ रनमा आउट भए । टोली २७.२ ओभरमा ५९ रन जोड्दै अल आउट भयो । 

नेपालको शानदार जित निकाल्ने क्रममा पारस खडका, अमृत भट्टराई र्राज श्रेष्ठले समान ३-३ विकेट लिए भने राहुल बिश्वकर्माले १ विकेट लिए । पारस म्यान अफ द म्याच घोषित भए । 

जित संगै नेपाल प्रतियोगितामा ९ औ भयो । 

यस खेलको ठ्याक्कै १० बर्षपछि नेपालले जिम्बाबेकै घरेलु मैदानमा उसको सामना गर्दै छ । सोहि खेल खेलेका ५ खेलाडी अहिले पनि टिममा छन् । ५ मध्ये २ खेलाडी मात्र नेपालका हुन् । 

त्यस खेलमा नेपालको लागि खेलेका पारस खड्का र ज्ञानेन्द्र मल्ल आज मैदान उत्रने छन् । त्यस्तै जिम्बाबेका सोलोमोन, जार्भिस, र पिटर मोर टोलीमा छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved