जिम्बाबेले टस जित्यो, पहिले ब्याटिंग गर्ने, यस्तो छ नेपालको प्लेईङ ११

जिम्बाबेले टस जित्यो, पहिले ब्याटिंग गर्ने, यस्तो छ नेपालको प्लेईङ ११
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 10:57:43 AM मा प्रकाशित

laxmi  sunrise bank

अपडेट : जिम्बाबेले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ  । 

यस्तो छ नेपालको टिम: ज्ञानेन्द्र मल्ल, दिलिप नातः, पारस खडका, दिपेन्द्र ऐरी , शरद भेष्वाकर, आरिफ शेख, रोहित कुमार, सोमपाल कामी , बसन्त रेग्मी, सन्दिप लामीछाने, ललित राजबंशी   । 

पहिलो पटक एकविदवशीय विश्वकप छनौट खेल्न लागेको नेपालले आज घरेलु टोली जिम्बाबेसंग प्रतिस्पर्धा गर्दै छ । एकविदवशीय विश्वकप छनौटमा नेपालले पहिलो पटक  टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।

टी–२० विश्वकपमा भने नेपालले यस अघि नै टेस्ट खेल्ने राष्ट्र बंगलादेश संग खेलीसकेको छ  । डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ । 

नेपालको प्रतिस्पर्धी जिम्बाबे समुह कै बलियो टोली हो  । जिम्बावेले सन् १९८३ यता लगातार विश्वकपमा सहभागिता जनाउँदै आएको छ । 

नेपालको लक्ष्य भने  वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु हो । शीर्ष ८ भित्र पर्न सकेमा नेपालले आगामी ४ वर्षका लागि वान–डे मान्यता पाउने छ र प्रथम श्रेणीको मान्यताप्राप्त अन्तरमहादेशीय चारदिवसीय क्रिकेट खेल्न पाउने छ ।

नेपाली टोलीका कप्तान पारस खड्काले आफुलाई कुनै दबाब नाबह्येको बताएका छन । उनले भने ‘दबाब सम्भवत: ठूलो टोलीलाई नै हुन्छ । आफूले चाहेको नतिजा पाउनेमा हामी विश्वस्त छौं र त्यसैले हामी एक पटकमा एउटै खेलमा मात्र ध्यान दिन्छौं ।’

आजको खेल जिम्बाबेको घरेलुमा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुने छ ।

नेपालको बलियो पक्ष बलिंग रहेको छ भने कमजोर पक्ष ब्याटिंग रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved