माइकल क्लार्कको टिम बिजयी, सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2016 | 12:49:33 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियामा जारी एनएसडब्लु प्रिमियर क्रिकेट प्रतियोगिता अन्तर्गत माइकल क्लार्कको वेस्टर्न सबअर्बस बिजयी भएको छ। सन्दिप लामिछाने समेत रहेका वेस्टर्न सबअर्बसले मोस्म्यानलाई ६ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिंग गरेको मोस्म्यानले ४६.६ ओभरमा सबै विकेट गुमाउदै १४१ रन जोड्यो ।

 मोस्म्यानलाई सस्तैमा समेट्ने क्रममा सन्दिपले उत्कृष्ट बलिंग गर्दै ८ ओभरमा केवल १७ रन खर्चेर १ विकेट लिए । उनले कुनै नो बल वा वाइड गरेनन। ५ बलर्स मध्ये लामिछानेले नै सबै भन्दा कम रन खर्चिए ।

१४२ रनको बिजयी लक्ष्य सहित मैदान उत्रेको माइकल क्लार्कको  वेस्टर्न सबअर्बसले ३८ ओभरमा ४ विकेटको क्षतिमा विजय लक्ष्य भेट्टायो। जसमा क्लार्कले अविजित ९९ रन जोडे । 

सन्दिप क्लार्क कै बिशेष निमन्त्रणामा अस्ट्रेलिया पुगेका हुन् । उनले त्यहाँ प्रशिक्षणको साथ साथ क्लार्कको क्लबबाट प्रिमियर क्रिकेट प्रतियोगिता समेत खेल्ने छन्  ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved