एभरेस्ट प्रिमियर लिगको उद्घाटन खेल रद्द, दुवै टोलीले अंक बाँडे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2016 | 03:14:54 PM मा प्रकाशित

laxmi  sunrise bank

वाई वाई एभरेस्ट टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल रद्द भएको छ  । टस सुरु हुनु भन्दा केहीबेर अघि पानी परेको थियो   । केहि समयपछि पानी रोकिए पनि मैदानमा धेरै पानी जमेका कारण खेल सुरु हुन् सकेन  । पानी ड्रेनेजको ब्यबस्था नहुँदा खेल रद्द भएको हो  । आज कान्तिपुर गुर्खाज र बिशाल वारियार्स प्रतिस्पर्धा गर्ने तालिका थियो । खेल रद्द भएसंगै दुवै टोलीले १-१ अंक बाडेका छन् । खेल नभए पनि उद्घाटन समारोह भने भएको छ । 

 यो घरेलु क्रिकेटको सबैभन्दा ठुलो ट्वेन्टी ट्वेन्टी प्रतियोगिता हो  । प्रतियोगितामा बिशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, जगदम्बा राइनोज, पन्चकन्या तेज, कान्तिपुर गोर्खाज र सगरमाथा लेजेन्डस गरी ६ टिमको सहभागी छन् ।   

प्रतियोगिता अन्तर्गत भोली आइतबार २ खेल हुने छन् । पहिलो खेलमा बिहान ९:३० बजे पंचकन्या तेज र कलर्स एक्स फ्याक्टर भिड्ने छन् भने दिउँसो १:१५ बजे सगरमाथा लेजेंड्स र कान्तिपुर गुर्खासबीच प्रतिस्पर्धा हुने छ ।

यो पनि : यस्ता छन् टिम र खेलाडी

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved