अफगानिस्तानका सेहजादमाथि आइसिसिको प्रतिबन्ध, नेपाललार्इ 'ठुलो' राहत

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 08, 2018 | 07:04:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्ताका विकेटकिपर तथा ओपनर ब्याट्सम्यान मोहम्मद सेहजादलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप छनोट अन्तर्गतको बाँकी दुर्इ खेलमा प्रतिबन्ध लगाएको छ।

आचार संहिता उल्लङ्घन गरेको भन्दै आईसिसिले प्रतिबन्ध लगाएपछि विश्वकप छनौटमा आफ्नो पहिलो खेलमा पराजय भोगेको नेपालकाई केहि राहत मिलेको छ। 

नेपालले अफगानिस्तानसंग फागुन २६ मा खेल्दैछ। तर उक्त खेलमा अफगानिस्तानका ओपनर ब्याट्सम्यान सेहजाद भने खेल्ने छैनन। सेहजादले मंगलबार जिम्बावेविरुद्धको खेलमा आइसिसिको २.१.८ धारा उलंघन गरेको भन्दै उनलाई बाँकि दुई खेलमा प्रतिबन्ध लगाइएको हो। सेहजादले नेपाल र हंगकंग बिरुद्दको खेल खेल्न पाउने छैनन।   

जिम्बावेविरूद्धको खेलमा ३० रनमा आउट भएका सेहजादले ब्याट पीचमा बजार्दै आक्रोश पोखेका थिए। उनको उक्त कार्यले आइसीसीको नियम उल्लङ्घन भएको भन्दै आगामी दुई खेलमा प्रतिबन्ध लगाइएको हो।  

नेपाल र अफगानिस्तान दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन तर रनरेटको आधारमा अफगानिस्तानले नेपाललाई उछिनेको छ। सुपरसिक्समा पुग्न नेपाल र अफगानिस्तान सामु अबको बाँकी खेल जित्ने पर्ने दबाब छ। 

समुहको पुछारमा रहेको नेपालले समुहको पहिलो स्थानमा रहेको स्कटल्याण्डसंग आज प्रतिस्पर्धा गर्दैछ भने अफगानीस्तानसंग फागुन २६ गते खेल्दैछ। सुपर सिक्समा पुग्न नेपालले दुवै खेलमा जित निकाल्नुपर्नेछ। 

यदि नेपाल स्कटल्याण्डसंग पराजित भयो र अफगानिस्तानलाई जित्यो भने रन रेटको नतिजा कुर्नुपर्ने हुन्छ। त्यस्तै नेपालले स्कटल्याण्डसंगको खेल गुमाएमा र अफगानीस्तानसंगपनि पराजित भएमा सुपरसिक्समा पुग्ने नेपालको सम्भावना सकिनेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved