स्कटल्याण्डलाई नेपालले दियो १५० रनको लक्ष्य, पारस एक्लैले बनाए टिमको ४२ प्रतिशत रन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2018 | 02:49:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल आज बिहीबार स्कटल्याण्डसँग खेलिरहेको छ।  टस जितेर पहिले ब्याटिंग गरेको नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ । 

नेपालले ४७.४ ओभरमा अल आउट हुदै १४९ रन मात्र जोड्न सक्यो  । सुरुको ५ ओभरमा ४ विकेट गुमाउदै निक्कै खराब सुरुवात गरेको नेपालले १४९ रन बटुल्न सफल भएको हो  । ज्ञानेन्द्र मल्ल १ रन, दिलिप नाथ ४ रन, दिपेन्द्र एरीले १ रन तथा शरद भेषवाकर ० रन मै आउट भए । त्यस्तै आरिफ शेख २ रनमा आउट भए  ।

नेपालको लागि कप्तान पारस खड्काले सर्बाधिक ६३ रन जोडे भने बसन्त रेग्मी २४ रनमा नट आउट रहे । त्यस्तै सोमपाल कामीले १८, रोहित पौडेलले १५, सन्दिप लामिछानेले र, र ललित राजबंशीले ४ रन जोडे ।

 

जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा  खेल भईरहेको हो । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । 

चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो । यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो । 

स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ । 

समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बानेपालको खराब सुरुवात : ५ ओभरमा ४ विकेट गयो वे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक÷एक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । दुवै टोली अंकविहीन छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved