नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित, यस्तो छ अंक गणित र छनौट सम्भावना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 08, 2018 | 06:55:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप छनौट क्रिकेटमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ। कम्जोर ब्याटिङकै कारण आफ्नो दोस्रो खेलमा नेपाल स्टकल्याण्डसँग ४ विकेटले पराजित भएको छ।

नेपालले दिएको १५० रनको झिनो लक्ष्य स्कटल्याण्डले मात्रै ४१ ओभर ३ बलमा ६ विकेटको क्षतिमा पुरा गरेको छ। जितसंगै ३ खेलमा शतप्रतिशत जित हात पारेको स्कटल्याण्ड सुपर सिक्समा प्रवेश गरेको छ ।  

स्कटल्याण्डको जितमा कप्तान किली कोइट्जरले अविजित ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाल पराजित भएको हो । स्कटल्याण्डका अन्य खेलाडी भने सस्तैमा आउट भए । क्राइग वाल्लेसले १७, कलम म्याक्लोडले १५, माथेव क्रसले १४ र जर्ज मोन्सीले १० बनाए ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अल आउट हुदै १४९ रन मात्र जोड्न सक्य। सुरुको ५ ओभरमा ४ विकेट गुमाउदै निक्कै खराब सुरुवात गरेको नेपालले १४९ रन बटुल्न सफल भएको हो  । ज्ञानेन्द्र मल्ल १ रन, दिलिप नाथ ४ रन, दिपेन्द्र एरीले १ रन तथा शरद भेषवाकर ० रन मै आउट भए । त्यस्तै आरिफ शेख २ रनमा आउट भए  ।

नेपालको लागि कप्तान पारस खड्काले सर्बाधिक ६३ रन जोडे भने बसन्त रेग्मी २४ रनमा नट आउट रहे । त्यस्तै सोमपाल कामीले १८, रोहित पौडेलले १५, सन्दिप लामिछानेले र, र ललित राजबंशीले ४ रन जोडे ।

समुह तालिकामा नेपाल


प्रतियोगितामा दोस्रो पराजय भोगेसंगै सुपर सिक्स्मा पुग्ने नेपालको सम्भावना कम्जोर बन्दै गएको छ। सुपर सिक्समा पुग्न नेपालले अबको दुई खेल जित्ने पर्ने हुन्छ। 

नेपालले आफ्नो तेस्रो खेल शनिबार अफगानिस्तानसँग खेल्दैछ भने अन्तिम खेल हङकङसँग १२ मार्चमा खेल्दैछ। विश्वकप छनौटमा दुई खेल खेलेको नेपाल समुह तालिकामा शुन्य अंक सहित पाँचौं स्थानमा छ भने एक खेल मात्र खेलेको हङकङ अन्तिम स्थानमा छ। अफगानीस्तान र हङकङलाई पराजित गरेको अवस्थामा मात्र नेपाल सुपर सिक्समा पुग्नेछ। अन्त्यथा सुपरसिक्समा पुग्ने नेपालको सम्भावना सकिनेछ।    

नेपालले आफ्नो तेस्रो खेल शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल सुपर सिक्समा पुग्नका लागि अबको दुई खेल जित्नै पर्ने हुन्छ । नेपालले आफ्नो अन्तिम खेल हङकङसँग १२ मार्चमा खेल्दैछ ।



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved