चेल्सीको लज्जास्पद हार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2016 | 08:53:53 AM मा प्रकाशित

laxmi  sunrise bank

इंगलिस प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनलले लगातार चौथो जित दर्ता गरेको छ। गए राती भएको खेलमा चेल्सीलाई ३-० को भारी अन्तरले पराजित गर्दै आर्सनलले आफ्नो बिजयी यात्रा यथावत राख्न सफल भएको छ। 

चेल्सीको फितलो प्रदशनको फाइदा उठाउदै आर्सनलले पहिलो ३ गोल पहिलो हाफमा नै गर्यो। चेल्सीका लागी ११ औ मिनेटमा एलेक्स सान्चेजले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै १४ औ मिनेटमा वालकोटले १ गोल थप गरे। खेलको ४० औ मिनेटमा मेसुटले गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाए। 

दोस्रो हाफमा खेलमा फर्किन संघर्ष गरे पनि चेल्सीले गोल भने फर्काउन सकेन। हारसंगै चेल्सी ३ अंक गुमाउदै १० अंक सहित लिगको ८ औ स्थानमा छ भने आर्सनन १३ अंक सहित १३ औ स्थानमा उक्लिएको छ। 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved