एभरेस्ट प्रिमियर लिग: आज दुई खेल , मौसमका कारण पहिलो खेल सुरु हुन् ढिलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2016 | 09:49:48 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत भोली आइतबार २ खेल हुदै छन् । पहिलो खेलमा बिहान ९:३० बजे पंचकन्या तेज र जगदम्बा राइनोस भिड्ने छन् भने दिउँसो १:१५ बजे सगरमाथा लेजेंड्स र कान्तिपुर गुर्खासबीच प्रतिस्पर्धा हुने छ । खराब मौसम 'वेट आउटफिल्ड' का कारण पहिलो खेल सुरु हुन्को ढिलाई भएको छ । पन्चकन्याले टस जितेर फिल्डिंग रोजेको छ   ।  

यस अघि हिजो भएको कान्तिपुर गुर्खाज र बिशाल वारियार्सबिचको उद्घाटन खेल वर्षाका कारण रद्द भएको छ  । टस सुरु हुनु भन्दा केहीबेर अघि पानी परेको थियो   । केहि समयपछि पानी रोकिए पनि मैदानमा धेरै पानी जमेका कारण खेल सुरु हुन् सकेन  । पानी ड्रेनेजको ब्यबस्था नहुँदा खेल रद्द भएको हो  ।  खेल रद्द भएसंगै दुवै टोलीले १-१ अंक बाडेका छन् । खेल नभए पनि उद्घाटन समारोह भने भएको थियो। 

यो घरेलु क्रिकेटको सबैभन्दा ठुलो ट्वेन्टी ट्वेन्टी प्रतियोगिता हो  । प्रतियोगितामा बिशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, जगदम्बा राइनोज, पन्चकन्या तेज, कान्तिपुर गोर्खाज र सगरमाथा लेजेन्डस गरी ६ टिम  सहभागी छन् ।  

यो पनि : यस्ता छन् टिम र खेलाडी

हेर्नुस पारिमार्जन गरिएको खेल तालिका

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved