विश्वकप क्रिकेट छनौट ः शनिबार नेपाल र अफगानिस्तान भिड्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2018 | 10:00:54 AM मा प्रकाशित

laxmi  sunrise bank


विश्वकप त्र्रिकेट छनौट प्रतियोगिताको आफ्नो तस्रो खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । 

शनिबार जिम्बाब्वेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा  हुने खेलमा दुवै देशलाई जित्नैपर्ने दवाव छ । प्रतियोगिताका यसअघिका दुवै खेल हारेको नेपाललाई आजको खेल जित्दै सुपर सिक्सको सम्भावना कायमै राख्नुपर्ने दवाव छ । 

प्रतियोगिताकै उपाधि विजेताका रुपमा हेरिएको अफगानिस्तान समूह चरणका यस अघिका तीन खेलमा पारजित भईसकेको छ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

नेपालले समूचरणमा भएका जिम्बाब्वे र स्कटल्याण्डसँगको खेलमा पराजय ब्यहोरिसकेको छ । 

नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म ७ पटक खेलेका छन् । त्यसमध्ये नेपाल एकपटक मात्र विजयी भएको छ । सन् २००४ को एसीसी ट्रफीमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा सहभागी भएको अफगानिस्तानलाई नेपालले ४७ रनले पराजित गरेको थियो । त्यसपछि भएका ६ वटा खेलमा नेपालले कुनै खेलमा जित हात पार्न सकेको छैन् ।  

खाजको खेलमा अफगानिस्तानका नामी ब्याट्सम्यान मोहम्मद सहजाद मैदानमा उत्रने छैनन् । उनी जिम्बाब्वेसँगको खेलमा नियम विपरित व्यवहार गरेको भन्दै आइसीसीले उनलाई २ खेलमा प्रतिबन्ध लगाएको छ ।

नेपाली टोलीका लागि टेष्ट मान्यता पाइसकेको अफगानिस्तानलाई हराउन निकै  चुनौति बन्न सक्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved