टस जितेर नेपालले ब्याटिङ थाल्यो, अफगानिस्तान बिरूद्धको खेल ‘गर या मर’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 10, 2018 | 11:30:17 AM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बाबेमा जारि आइसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आज अफगानिस्तानको सामना गर्दैछ। जिम्बाबेको बुलायाओस्थित मैदानमा जारि खेलमा टस जितेर नेपालले ब्याटिङ रोजेको छ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल र अनिल शाह ओपनर ब्याट्सम्यानका रुपमा मैदानमा उत्रेका छन। आज नेपालसँग अफगानिस्तानका दुई महत्वपूर्ण खेलाडी छैनन। अफगानिस्तानका नियमित कप्तान अस्गर स्टानिक्जाईले एपेन्डिक्सका कारण खेल गुमाएका छन भने जिम्बावे विरुद्धको खेलमा अभद्र व्यवहार देखाएका विकेटकिपर ब्याट्सम्यान मोहमद शेहजाद पनि दुई खेलको प्रतिबन्धमा परेका छन्। कप्तानको जिम्मेवारी रासिदले खानले लिएका छन्।  

प्रतियोगितामा आफ्नो दुवै खेलमा पराजय भोगेको नेपाल र तिनै खेलमा पराजित भएको अफगानिस्तान जित्नै पर्ने दबाबमा मैदानमा उत्रेका छन। 'गर या मर' को अवस्थामा मैदानमा उत्रेको नेपालले सुपर सिक्समा पुग्न आजको खेल जित्नै पर्ने हुन्छ। प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तान अहिलेसम्म अंक बिहिन छन्। 

छनोट प्रतियोगिता सुरू हुनुअघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट राष्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हङकङसँग पराजय व्यहोर्‍यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।

सुपर सिक्समा पुगेर एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्यसहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने तयारीमा छ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गरेर सुपर सिक्स पुग्ने झिनो आशा राख्न चाहन्छ।आज नेपालले अफगानिस्तानलाई हराएर अन्तिम खेलमा हङकङलाई पनि पराजित गरेमा मात्र सुपरसिक्समा पुग्नेछ।

यता अफगानिस्तानले आज नेपाललाई हराएमा र हङकङ जिम्बावेसँग पराजित भएमा पनि नेपाल र हङकङको खेलको नजिता कुर्नुपर्ने हुन्छ। यदि अन्तिम खेलमा हङकङलाई नेपालले हराएमा रनरेटका आधारमा सुपरसिक्समा पुग्ने तेस्रो टिमको टुङ्गो लाग्नेछ।नेपाल र अफगानिस्तानले एकदिवसीय क्रिकेटमा हालसम्म कुल ६ पटक खेलेका छन् जसमा अफगानिस्तान नेपालमाथि हावी हुँदै आएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved