विश्वकप क्रिकेट छनौट ः हङकङद्धारा नेपाललाई १ सय ५४ रनको लक्ष्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 12, 2018 | 02:51:26 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेट छनौट अन्तर्गत हङकङसँगको खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले १ सय ५४ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा अल आउट हुँदै १ सय ५३ रन बनाउन सक्यो । 

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले समान २÷२ तथा सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए । हङकङका सिमान्दीप सिंहलाई भने ज्ञानेन्द्र मल्लले रन आउट गरेका थिए । 

यस अघिका आफ्नै तीनै खेल गुमाएको नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ ।

नेपालको सुपर सिक्सको आशा समाप्त भए पनि एक दिबशीय मान्यता पाउने सम्भावना कायम नै छ । त्यसको लागि नेपालले यो खेल ४५ ओभर अगावै जित्नु पर्ने छ र प्लेफका खेलहरु जित्नु पर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved