विश्वकप क्रिकेट छनौट: नेपालद्वारा हङकङ पराजित, वान डे स्ट्याटस पाउने सम्भावना कायमै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 12, 2018 | 06:09:04 PM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बावेमा जारि विश्वकप क्रिकेट छनौट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले पहिलो जित हात पारेको छ। आफ्नो अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले वान डे स्ट्याटस हात पार्ने सम्भावना कायमै राखेको छ। 

हङकङ बिरुद्दको खेलमा जित हात पारेपनि रन रेटका कारण नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ भने वान डे स्ट्याटस हात पार्ने सम्भावना भने कायमै छ। 

जारि प्रतियोगितामा एकै समुहमा रहेका नेपाल, हङकङ र अफगानिस्तानले समान एक एक खेलमा जित हात पारेका छन। १-१ खेल जितेपनि रनरेटको आधारमा अफगानिस्तान नेपाल र हङकङ भन्दा अगाडी रहेको छ। 

समुहमा तेस्रो भएर अफगानिस्तानले सुपर सिक्समा आफ्नो स्थान बनाएको छ भने नेपाल र हङकङ सुपर सिक्समा पुग्न असफल भएका छन। यस समुहमा रहेका जिम्बाब्वे र स्कटल्याण्डले सुपर सिक्समा यस अघि नै आफ्नो स्थान बनाइसकेका छन। 

समुह 'ए' अन्तर्गत नेदरल्याण्ड र वेस्टइन्डिजको खेल जारि छ। यदि नेदरल्याण्ड सुपर सिक्समा पुगेमा र नेपालले पपुवा न्यु गिनीलाई हरायो भने नेपालले एक दिवसीय मान्यता प्राप्त गर्छ। 

तर यदि नेदरल्याण्ड सुपर सिक्समा पुगेन भने नेदरल्याण्डले हंगकंगसंग प्ले अफ खेल्नुपर्नेछ। त्यसमा यदि नेदरल्याण्डले जियो भने र नेपालले पपुवा न्युगिनीलाई हरायो भने नेपालले एक दिवसीय मान्यता पाउँछ। तर यदि नेदरल्याण्ड हंगकंगसंग पराजित भयो भने नेपालले एक दिवसीय मान्यता पाउन हंगकंग र पपुवा न्युगिनी दुवैलाई पराजित गर्नुपर्नेछ। पपुवा न्युगिनीसंग नेपाल हार्यो भने नेपाल एक दिवसीय मान्यता पाउनबाट बन्चित हुनेछ।  

आजको खेल 

आजको खेलमा नेपालले हंगकंगलाई ५ विकेटले पराजित गरेको छ। हङकङसँगको खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले १ सय ५४ रनको लक्ष्य मात्र ४०।४ ओभरमा ५ विकेट गुमाएर प्राप्त गर्यो। 

नेपालका लागि रोहित कुमारले सर्वाधिक ४८ रन जोडे भने सोम्पाल कामिले ३७ र अनिल कुमार शाहले २६ रन जोडे। नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले समान २÷२ तथा सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए । 


     

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved