फोर्ड कर्पोरेट फुटसल चैत्र ३ मा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 13, 2018 | 03:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्पोरेट फुटसललाई फोर्डले मुख्य प्रायोजन गर्ने भएको छ । चैत्र ३ गते संचालन हुने प्रतियोगिताको फोर्डले मुख्य प्रायोजनको जिम्मेवारी लिएको छ । आईतवर गो अटोमोबाइल्स प्रालीका बजार प्रमुख सुमन रेग्मी र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका ब्यवस्थापक शिसर गर्तौलाले सम्झौता पत्र आदन–प्रदान गरेका छन् । सम्झौतामा उल्लेख भए अनुसार प्रतियोगिता फोर्ड फुटसलको नामले संचालन हुनेछ । मुख्य प्रायोजक गो अटोमोबाइल्स प्रालीले सम्झौता अनुसार आयोजकलाई नगद २ लाख ५० हजार उपलब्ध गराउने भएको छ । 

गो अटोमोबाइल्सका बजार प्रमुख रेग्मीले खेलकुद र कर्पोरेट हाउसबीच आपसी सम्बन्ध विस्तार गर्न सके ठूलो सफलता प्राप्त गर्न सकिने बताए । आयोजक प्रोक्सीका ब्यवस्थापक गर्तौलाले कर्पोरेट सेक्टरबीचको प्रतिस्प्रर्धाले खेलाडीहरुले रोजगारको अवसर पाउने विश्वास व्यक्त गरे । फोर्ड कर्पोरेट फुटसलमा बैंक, होटल, इन्सुरेन्स कम्पनी, हस्पिटल र रेमिटेन्स कम्पनीबीच प्रतिस्पर्धा हुने छ । एक दिने फोर्ड कर्पोरेट फुटसल प्रतियोगितामा २० टिमको सहभागिता रहने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved