एभरेस्ट प्रिमियर लिग: कान्तिपुर गोर्खाज र पन्चकन्या तेजको बिजयी सुरुवात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2016 | 04:56:37 PM मा प्रकाशित

laxmi  sunrise bank

वाई वाई एभरेस्ट टि २० क्रिकेट प्रतियोगितामा कान्तिपुर गोर्खाज र पन्चकन्या तेजको बिजयी सुरुवात गरेका छन् ।

आज भएको पहिलो खेलमा पन्चकन्या तेजले जगदम्बा राइनोसलाई ६ विकेटले पराजित गर्यो । टस हारे ब्याटिंग गरेको जगदम्बा राइनोसले निर्धारित २० ओभरमा ४ विकेट खर्चेर १२९ रन जोड्यो । राइनोसको लागि सोम्पाल कामीले सर्बाधिक ४३ रन जोडे ।उनले अन्तिम ३ बलमा ३ छक्का प्रहार गरेका थिए।  राइनोजलाई सस्तैमा समेट्न सुशील कडेलले सर्बाधिक ३ विकेट ।   

१३० रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको पन्चकन्या तेजले १९ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पन्चकन्या तेजको लागि पृथु बास्कोटाले सर्बाधिक ४८ रन जोडे । सोमपाल कामीले पहिलो ओभर मै २ विकेट लिए पनि टोलीलाई हरबाट जोगाउन सकेनन्  । 

आज नै भएको दोस्रो खेलमा कान्तिपुर गोर्खाजले सगरमाथा लेजेण्डसलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिंग गरेको सगरमाथाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन जोड्यो । सगरमाथाको लागि महबुब आलमले सर्बाधिक २३ रन जोडे । सगरमाथालाई सस्तैमा समेट्न बसन्त रेग्मीले ३ विकेट लिए । 

१२५ रनको बिजयी लक्ष्य सहित मैदान उत्रेको कान्तिपुर गोर्खाजले १५ ओभरमै ३ विकेटको क्षटिम बिजयी लक्ष्य भेट्टायो । गोर्खाजका लागि प्रदिप एरिले विस्फोटक ब्याटिंग गर्दै ३९ बलमा ५५ रन जोडे  । त्यस्तै सुबाश खकुरेलले ३५ रन जोडे  । कान्तिपुर गोर्खाजको सबै ३ विकेट राहुल बिश्वकर्मले लिएका थिए ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved