हरारेमा ऐतिहासिक खेल खेल्दै नेपाल, लक्ष्य ओडीआई स्ट्याटस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 15, 2018 | 07:50:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्वकप छनौटको प्लेअफ अन्तर्गत आज नेपाल र पपुवा न्युगीनी प्रतिस्पर्धा गर्दैछन। जिम्बावेको हरारेमा आज दिउँसो हुने खेलमा दुवै टिम ओडीआई स्ट्याटसको लक्ष्य लिएर मैदानमा उत्रदैछन। 

आजको खेलमा बिजयी टिमको एकदिवसिय मान्यता पाउने आशा कायम नै रहनेछ भने पराजित टिम डिभिजन टू मा घटुवा हुनेछ। नेपाल र पपुवा न्युगिनीबीचको विजयी टिमले ओडीआई स्ट्याटसको लागि आजै हुने अर्को प्लेअफको खेलको नतिजा कुर्नुपर्ने हुन्छ। 

अर्को प्लेअफ अन्तर्गत नेदरल्याण्ड र हङकङ प्रतिस्पर्धा गर्दैछन। विश्वकप छनौट अन्तर्गतको खेलमा समुह तालिकामा चौथो स्थानमा रहेको नेदरल्याण्डले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण उसको ओडीआई स्ट्याटस पक्का भईसकेको छ। 

उता विश्वकप छनौटको खेलमा समुह 'बि' मा पुछारमा रहेको हंगकंगको लक्ष्य पनि ओडीआई स्ट्याटस पाउने हुनेछ। नेदरल्यान्ड्स पराजित भएमा हंकंगको ओडीआई स्ट्याटस पाउने सम्भावना कायम रहनेछ। 

नेपालले पपुवा न्युगिनीलाई पराजित गरेमा र उता नेदरल्याण्डले जितेमा नेपालले सातौँ स्थानको लागि प्लेअफ खेल्नुअघि नै ओडिआई स्टयाटस पक्का गर्नेछ। तर नेपालको जित र नेदरल्याण्डको हार भएमा नेपाल र हंकंगबीच हुने खेलको बिजेताले नै ओडिआई स्टयाटस पाउनेछ। यहि कुरा पपुवा न्युगिनीलाई पनि लागू हुनेछ। 

विश्वकप छनौट अन्तर्गतको खेलमा नेपाल समुह 'बि' मा पाँचौं स्थानमा छ। नेपालले प्रतियोगितामा आफ्नो ४ खेलमा ३ मा हार र एकमा जित निकालेको छ। त्यस्तै समुह 'ए' मा रहेको पपुवा न्युगिनीले समुहमा पुछारमा छ। उसले प्रतियोगितामा आफ्ना चार खेलमा नै पराजय भोगेको छ। 

नेपाल र पपुवा न्युगिनीका पछिल्ला भिडन्तलाई आधार मान्ने हो भने नेपाल कम्जोर देखिएको छ। आइसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका पछिल्ला दुई प्रतिस्पर्धामा नेपाल पपुवा न्युगिनीसंग पराजित भएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved