सन्दिप र दिपेन्द्रसामु टिकेनन पिएनजीका ब्याट्सम्यान, नेपाललाई ११५ रनको बिजयी लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2018 | 01:16:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी विश्वकप छनौटको प्लेअफ अन्तर्गत आज नेपाल र पपुवा न्युगीनी प्रतिस्पर्धा गरिरहेका छन् । जिम्बावेको हरारेमा भईरहेको खेलमा दुवै टिम ओडीआई स्ट्याटसको लक्ष्य लिएर मैदानमा उत्रेका छन् । 

खेलमा नेपालले टस जितेर पहिले बलिंङ गर्ने निर्णय गरेको छ । टस हारेर ब्याटिंग गरेको पीएनजीले २७.२ ओभरमा अल आउट हुदै ११४ रन मात्र जोड्न सक्यो   । 

पीएनजीलाई सस्तैमा समेट्न दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले समान ४-४ विकेट लिए   । त्यस्तै करण केसी र सोमपाल कामिले समान १-१ विकेट लिए   । 

नेपालको आज टिममा कुनै फेर बदल गरिएको छैन ।  हंगकंग खेलेको टोली नै आज खेलिरहेको छ  । 

आजको खेल खेल्ने नेपाली टोली : ज्ञानेन्द्र मल्ल, अनिल शाह, पारस खड्का, दिपेन्द्र ऐरी, आरिफ शेख, रोहित कुमार, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दिप लामिछाने, ललित राजबंशी  ।  

यदि यो खेलमा नेपाल बुजयी भए र नेदरल्याण्डले हंगकंगलाई पराजित गरे नेपालले  एकदिवसिय मान्यता पाउने छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved