नेपाल ओडिआई मान्यताको एकदमै नजिक, पिएनजीबिरुद्द शानदार जित, दिपेन्द्रको अलराउन्ड प्रदर्शन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2018 | 03:11:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले पपुवा न्यु गिनी माथि शानदार जित हात पारेको छ । जिम्बावेमा जारी बिश्व कप छनौट प्रतियिगिताको प्ले अफ अन्तर्गत नेपालले ६ विकेटको जित हात पारेको हो । जितको लागि पीएनजीले दिएको ११५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ ओभरमा भेट्टायो । नेपाललाई जित दिलाउने क्रममा दिपेन्द्र सिंह ऐरीले सर्बाधिक नट आउट ५० रन जोडे । उनले ५८ बलमा १ चौका र ३ छक्का सहित रन बनाएका थिए । त्यस्तै आरिफ शेखले २६ रन जोडे भने कप्तान पारस खड्काले २० रन जोडे । 

ओपनर ज्ञानेन्द्र मल्ल १ रनमा र अनिल शाह ९ रन मै आउट भए । अन्तिम समयमा आएका रोहित पौडेलले ३ रन   जोडे  । 

यस अघि पहिले टस जितेर पहिले बलिंग रोजेको नेपालले पीएनजीलाई ११४ रन मै समेट्न सफल भएको थियो । पीएनजीलाई कम स्कोर मै समेट्न दिपेन्द्र र सन्दिप लामिछानेले समान ४-४ तथा सोमपाल कामी र करण केसीले समान १-१ विकेट लिए । 

अब अहिले जारी रहेको नेदरल्याण्ड र हंगकंग बिचको खेलमा नेदरल्याण्डले जितेमा नेपालले एक दिबशीय मान्यता पाउने छ । यदि त्यस खेलमा हंगकंग बिजयी भएमा नेपाल र हंगकंगले अर्को प्ले अफ खेल्ने छ र त्यस खेलको बिजेताले एक दिबशीय मान्यता पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved