नेपाली क्रिकेट नयाँ उचाईमा, ओडीआई स्ट्याटस पाएर रच्यो इतिहास

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 15, 2018 | 05:47:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाएको छ। जिम्बाब्वेको हरारेमा भएको खेलमा पपुवा न्यु गिनी माथि शानदार जित हात पारेको नेपालले ओडीआई स्ट्याटस पाएर इतिहास रचेको छ। 

नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै सातौँ स्थानको लागि प्लेअफ खेल्नुअघि नै ओडिआई स्टयाटस पक्का गरेको हो। नेदरल्याण्डले हंकंगलाई पराजित गरेसंगै नेपालको ओडीआई स्ट्याटस पक्का भएको हो। 

प्ले अफ अन्तर्गत नेपालले आज पपुवा न्युगीनीलाई ६ विकेटले पराजित गरेको थियो। तर ओडीआई स्ट्याटस पाउनका लागि नेपालले नेदरल्यान्ड्स र हंगकंगको नतिजा पर्खेको थियो। ओडीआई स्ट्याटस पाईसकेको नेदरल्याण्डले हंगकंगलाई पराजित गरेकाले नेपालले क्रिकेटमा नयाँ उचाई लिदै एक दिवसीय मान्यता पाएको हो। 

पीएनजीले दिएको ११५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ ओभरमा भेट्टायो । नेपाललाई जित दिलाउने क्रममा दिपेन्द्र सिंह ऐरीले सर्बाधिक नट आउट ५० रन जोडे । उनले ५८ बलमा १ चौका र ३ छक्का सहित रन बनाएका थिए । त्यस्तै आरिफ शेखले २६ रन जोडे भने कप्तान पारस खड्काले २० रन जोडे । उता नेदरल्याण्डले हंगकंगलाई ४४ रनले पराजित गरेको हो। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved