बिश्व क्रिकेट वरियतामा नेपाल १६ औं स्थानमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 17, 2018 | 08:14:54 PM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बाब्वेमा जारि आइसिसी विश्वकप छनोट प्रतियोगितामामा नेपाल आठौँ स्थानमा सिमित भएको छ। सातौँ स्थानका लागि जिम्बाब्वेको केवेकेमा नेदरल्यान्ड्ससंगको खेलमा ४५ रनले पराजित भएपछी नेपाल आठौँ स्थानमा सिमित भएको हो। 

साथौँ स्थानका लागि खेल्नु अगाडी नै एक दिवसीय मान्यता पाएको नेपालले आज नेदरल्यान्ड्ससंगको खेल पश्चात बिश्व वरियता समेत पाएको छ। बिश्व वरियतामा नेपाल १६ औं स्थानमा परेको छ। आजको खेलसंगै नेपालले जिम्बाम्बे यात्रा सकाएको छ।  

१९० रनको लक्ष्य पछ्याएको नेपाल ४४।४ ओभरमा सबै विकेट गुमेर १४४ रनमा समेटियो। सन्तोषजनक फिल्डग गरेको नेपालले ब्याटिङ तर्फको लय सम्हाल्न नसक्दा नेदरल्याण्डसंग ४५ रनले पराजित भएको हो। 

नेपालका लागि सोम्पाल कामिले सर्वाधिक ३६ रन बनाए। ५३ बल खेलेका कामीले ३ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै दीपेन्द्र सिंह ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रन जोडे। त्यस्तै  सन्दीप लामिछाने १४ रनमा नआउट रहे भने करन केसीले १३ रन जोडे। 

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५०  ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोड्यो।नेदरल्यान्ड्सका लागि बास डे लिडीले सवैभन्दा बढी ३९ रन जोडेका थिए। यस्तै भान डेर मेर्वे र स्कट इडवार्डले समान २५–२५ रन बटुले।  यस्तै ओपनिङ ब्याट्सम्यान म्याक्स ओडोडले २८ रन बनाए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved