एक दिबशीय मान्यता पाएर इतिहास रचेको क्रिकेट टोली आज नेपाल फर्कदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 12:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एक दिबशीय मान्यता प्राप्त गरेर इतिहास रचेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्कदै छ  ।आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली आज साँझ ६ बजे काठमाडौं आई पुग्ने भएको हो  ।   टोली बेलुकी ५ बजेर ५५ मिनेट जाँदा जिम्बाबेबाट दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आइपुग्ने  छ ।

नेपालले प्रतियोगिताका ६ मध्ये दुई खेलमात्रै जिते पनि एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको हो । समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो । प्रतियोगितामा नेपाल आठौं स्थानमा सीमित बन्यो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved