एसियन कप फुटबल छनौट: यमनसंगको खेलको लागि नेपाली टोली घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 20, 2018 | 05:54:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप फुटबल छनौट प्रतियोगिता अन्तरगत यमनसँगको खेलको लागि  २० सदस्यीय अन्तिम टिमको घोषणा गरेको  छ । एन्फाले आउँदो मंगलबार कतारमा हुने खेलको लागि ३ गोलकिपर सहित २० सदस्यीय अन्तिम टिमको घोषणा गरेको  हो । 

छनौट गरिएको टिममा गोलकिपरहरुमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने रहेका छन्  । यस्तै डिफेन्डरमा विराज महर्जन, रेजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ र दिनेश राजवंशी  रहेका छन् । मिडफिल्डमा विशाल राइ, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनिल वल र अञ्जन विष्ट रहेका छन् । 

नेपालीको टोलीको फरवार्ड भने विमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र सुमन लामाले सम्हाल्ने छन् ।नेपाली टोलीको मुख्य प्रशिक्षकमा ग्योतोकु कोजी, प्रशिक्षकमा राजुकाजी श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा उज्जवल मानन्धर रहेका छन् । 

फिलिपिन्स, यमन र ताजकिस्तानसहित समूह एफमा रहेको नेपाल  २ अंकसहित तालिकाको पुछारमा छ ।  नेपाल भने प्रतियोगिताबाट बाहिरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved