लगातार दोस्रो जितसंगै पन्चकन्या तेज शिर्ष स्थानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2016 | 01:39:02 PM मा प्रकाशित

laxmi  sunrise bank

पन्चकन्या तेज 'एभरेस्ट प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता'को शिर्ष स्थानमा उक्लेको छ  । आज भएको खेलमा कलर्स एक्स फ्याक्टरलाई ३४ रनले पराजित गर्दै ४ अंकका साथ शिर्ष स्थान कायम गरेको हो  । 

टस हारेर ब्याटिंग गरेको तेजले निर्धारित २० ओभरमा १ सय ५४ बनायो  । तेजको लागि आसिफ शेखले सर्बाधिक ६७ रन बनाए  । उनले ६०  बलमा २ छक्का र  ५ चौका सहित ६७ रन जोडेका हुन्  । यो प्रतियोगिताको उच्चतम व्यक्तिगत स्कोर हो भने टोलीको स्कोर पनि सर्बाधिक स्कोर हो  । त्यस्तै कप्तान शरद भेषवाकरले ४० तथा संजय श्रेष्ठले २४ रन जोडे  । 

१ सय ५५ रनको बिजयी लक्ष्य सहित मैदान उत्रेको कलर्स एक्स फ्याक्टरले भने निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २० रन मात्र जोड्न सक्यो  । कलर्सका लागि हिमांशु दत्तले २८, योगेन्द्र कार्कीले २१, हरी शंकर शाहले २५ तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्  । 

कलर्सलाई सस्तैमा समेट्न शरद भेषवाकर र कारण केसीले समान ३-३ तथा सुशील कडेल र दिपेन्द्र एरिले समान १-१- विकेट लिए  । भेषवाकर म्यान अफ द म्याच पनि घोषित भए  ।

लिग अन्तर्गत अहिले बिशाल वोरियार्स र सगरमाथा लेजेण्डस प्रतिस्पर्धा भिड्दै छन्      । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved