भारतीय क्रिकेटर शाहले रचे नयाँ इतिहास, २० बलमा बनाए शतक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 25, 2018 | 11:34:07 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेट टिमका खेलाडी रिद्दीमन शाहले २० बलमा शतक पुरा गरेर नयाँ बिश्व किर्तिमान रचेका छन् । शाहले जेसी मुखर्जी ट्रफी अन्तर्गत भएको खेलमा शाहले मोहन बगान क्लबको तर्फबाट खेल्दै २० बलमा १०२ रन प्रहार गरेर इतिहास रचेका हुन् । शाहले १४ छक्का र ४ चौका प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । 

खेलमा पहिले ब्याटिंग गरेको बिएनआर रेक्रिएसन क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोडेको थियो । मोहन बगानले शाहको विस्फोटक ब्याटिंगको मद्दतमा ७ ओभर मै लक्ष्य पुरा गर्दै १५४ रन बनायो । जसमा शाहले २० बलमा १०२ नट आउट तथा सुभोमय दासले २२ बलमा ४४३ रन जोडे । 

उनले एकै ओभरमा ६ छक्का समेत प्रहार गरे । 

आईपीएल सुरु हुनु केवल २ हप्ता अघि शाहको यस्तो विस्फोटक ब्याटिंगले सबैको ध्यान तानेको छ । शाह आईइएलमा सनराईजर्स हैदरावादबाट खेल्ने छन् । उनलाई हैदरावादले ५ करोड भारतीय रुपियाँमा खरिद गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved