एन्फाको निर्वाचन स्थगित, समयमै चुनाव नगरे कारबाही गर्ने फिफाको चेतावनी

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 25, 2018 | 11:38:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी बुधबार हुने भनिएको अखिल नेपाल फुटवल संघ (एन्फा)को साधारण सभा र निर्वाचन स्थगित भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै उच्च अदालत पाटनको आदेश अनुसार निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ । 

भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखु र मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठले दर्ता गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश राजकुमार वनको एकल इजलासले गत बिहीबार निवेदनको छिनोफाने नभएसम्म कार्यसमितिको निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो । दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी दिएपछि अदालतले अर्को आदेश नआएसम्म निर्वाचन नगर्न निर्देशन दिएको हो । 

अदालतले दिएको निर्देशन अनुसार निर्वाचन स्थगित गर्ने निर्णय भएको निर्वाचन समितिका संयोजक सुमन केसी र सहसंयोजक लक्ष्मण थापाद्वारा जारी गरिएको विज्ञप्तीमा जनाईएको छ । तर निर्वाचन समितिले नयाँ निर्वाचन तालिका बारे केही उल्लेख गरेको छैन । 

यसैबीच विश्व फुटबलको प्रशासकिय निकाय फिफाले तोकिएको समयमै निर्वाचन नगरे कारबाही गर्ने चेतावनी सहितको पत्र एन्फालाई पठाइसकेको छ । एन्फाको अध्यक्षमा संस्थापन पक्षबाट मणि कुँवर र परिवर्तन धारबाट कर्माछिरिङ शेर्पाको प्यालन निर्वाचनमा प्रतिस्पर्धामा छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved