एन्फा निर्वाचन स्थगित भएपछि एएफसीको टोली काठमाडौँमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 03:32:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव स्थगित भएपछि यसबारेमा बुझ्न एसियाली फुटबल महासंघ (एएफसी)को टोली नेपाल आएको छ । एएफसीको एसोसिएट राष्ट्रहरुका निर्देशक रवि कुमार चुनाव रोकिएको विषयमा जानकारी लिन सोमबार नेपाल आएका हुन् ।

उनले काठमाडौँ आउनासाथ एन्फाका पदाधिकारीहरुसँग भेट गरी चुनाव रोकिनुको कारणबारे जानकारी लिएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरले रवि कुमारलाई चुनाव रोकिनुको कारणबारे जानकारी गराएका छन् । रविले काठमाडौँमा रहँदा फुटबलसँग सम्बन्धित विभिन्न सरोकारवाला व्यक्ति तथा संस्थासँग छलफल गर्ने बताईएको छ । 

गत बिहीबार उच्च अदालत पाटनले एन्फा चुनाव तत्कालका लागि रोक्न निर्देशन दिएसँगै एन्फाले अर्को सूचना जारी नभएसम्मका लागि चुनाव स्थगित भएको जनाएको छ । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले निर्वाचनमा आफूहरुले पनि भोटिङ गर्न पाउनुपर्ने माग सहित दर्ता गराएको निवेदनमा उच्च अदालतले दुई जिल्लाको समस्या समाधान पछिमात्र चुनाव गर्न अन्तरिम आदेश दिएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved