नेपालले नेदरल्यान्ड्स र एमसीसीसंग सिरिज खेल्ने पक्का, मिति र स्थान तय, टिकेट मुल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 26, 2018 | 08:43:57 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व क्रिकेटमा छुट्टै पहिचान भएको लार्ड्स क्रिकेट मैदानमा नेपालले फेरी खेल्ने भएको छ। भर्खरै मात्र बिश्व एकदिवसीय मान्यता पाएको नेपाल र नेदरल्यान्ड्सले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग खेल्ने एमसीसीले जनाएको छ। 

जुलाईको अन्तमा नेपालले लर्डस् क्रिकेट मैदानमा त्रिकोणात्मक टि-२० प्रतियोगिता खेल्नेछ। जसमा नेपाल र नेदरल्यान्ड्स दुवैले २९ जुलाईमा एमसीसीसंग प्रतिस्पर्धा गर्नेछन। एकै दिनमा तीन वटा टि-२० खेल हुनेछन। पहिलो खेल लन्डनमा स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ भने तेस्रो खेल दिउँसो साँढे चार बजे हुने एमसीसीले जनाएको छ।

जिम्बावेमा हालै सम्पन्न विश्वकप छनोटबाट नेपालले वनडे स्ट्याटस पाएको हो भने नेदरल्यान्ड्सले नेपालसँगैं विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गरी प्रतियोगिता जित्दै नोभेम्बरमा वान डे मान्यता प्राप्त राष्ट्र बनेको हो।

२०१६ को जुलाईमा नेपालले लर्डस् क्रिकेट मैदानमा एमसीसीसँग खेलेको थियो। लर्डसमा एसोसिएट राष्ट्रको त्यो पहिलो खेल थियो। सोहि परम्परालाई निरन्तरता दिंदै एमसीसीले अफगानिस्तानलाई एसोसिएट राष्ट्रकै रुपमा लर्ड्समा बोलाएर खेलेको थियो। 

सो त्रिकोणात्मक प्रतियोगिताका लागि एमसीसीले टिकेट बिक्रि समेत खुला गरेको छ। एमसीसीले युवाहरुलाई यूरो १७, ६५ बर्षिय उमेरका लागि युरो ८.५० र १६ बर्ष भन्दा मुनिका लागि ५ युरो कायम गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved